logo
23 Oct 2018   |   
समाज

सवारी दुर्घटनामा तीन जनाको मृत्यू



समाज   127 पटक पढिएको   कलमपाटी     
रौतहट ९ मंसिर // पछिल्ला दिनहरुमा रौतहटको राजमार्गहरुमा दुर्घटनाहरु बढेका छन । बिहीवार राति र शुक्रवार मात्रै तीन जनाको ज्यान गएको छ ।



 बिग्रदो सडक, ट्राफिक नियमको पालना नहुनु, जथाभाबी सबारी साधन रोक्नु सबारी दुर्घटनाको कारण बनेको छ । पुर्बपश्चिम राजमार्गको चन्द्रनिगाहपुर भन्दा २ किलोमिटर पश्चिमको जङ्गलमा शुक्रबार सबारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सर्लाही इश्वरपुर घर भइ बिरगज १६ बस्ने सोहन ठोकर रहेको प्रहरीले जनाएको छ ।

पुर्ब बाट पश्चिम जादै गरेको बा १० च १९१२ नम्बरको जीप राजमार्गकै पुलछेउमा रोकेपछि पछाडी बाट आउदै गरेको ना ३३ प नम्बरको मोटरसाइकलले ठक्कर दिएर राजमार्गमा लडेको र मोटरसाइकल चालक लाइ  बिपरित  दिशा बाट आउदै गरेको  युपी ५३ के १३५१ नम्बरको भारतीय बसले  ठक्कर दिएपछि मोटरसाईकल चालकको घटनास्लमा नै मृत्यू भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

यस्तै बिहीबार राती मात्रै गौर चन्द्रनिगाहपुर सडक खण्डमा सबारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । गौर चन्द्रनिगाहपुुर सडकखण्डको गरुडा नगरपालिले स्थित मेथुुर चौकमा ना ३ च ४४३४ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा पैदल यात्रु ५० बर्षिय श्याम सुुन्दर साह र आफैले चलाएको बि आर ०५ एफ ०५८६ नम्बरको मोटरसाईकल जयनगर र सखुुअवा चौकको बिचमा अनियन्त्रित भई दुुर्घटना हुुँदा परोहा नगरपालिका– २ का २५ बर्षिय शेख सेराजको घटनास्थलमा नै ज्यान भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।













1787297 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top