logo
19 Nov 2018   |   
मनोरञ्जन

सन्नीको खुलासा – मलाई हरेक दिन ज्यान मार्ने धम्की आउँछ



मनोरञ्जन   37 पटक पढिएको        
फिल्म ‘पद्मावती’को विषयलाई लिएर राजपुत करणी सेनाले निर्देशक संजय लिला भंसालीको टाउको काट्ने र अभिनेत्री दीपिका पादुकोणको नाक काट्नेसम्मको धम्की दिएका छन् ।



धम्कीपछि यो मुद्दामा अभिनेत्री सन्नी लियोनीले पनि निर्माण युनिट र कलाकारको समर्थन गरेकी छिन् । सन्नीले आफूलाई पनि दिनहुँ ज्यान मार्ने सम्मको धम्की आउने गरेको बताएकी छिन् ।

‘दीपिका र भंसालीलाई दिइने गरिएको धक्कीको बिषयलाई तपाईले कसरी लिनु भएको छ रु,’ हालै सन्नीलाई प्रश्न राखिएको थियो । जवाफमा उनले आफूलाई समेत दैनिक मार्ने धक्की आउने गरेको खुलासा गरेकी छन् । ‘मैले आफ्नो इन बक्सको केही दिनयताको म्यासेज तपाइलाई देखाए भने हैरान हुनु हुनेछ,’ उनले भनिन् ‘हरेक दिन मलाई ज्यान मार्ने धम्की आउँने गरेको छ ।’ 

विगत ६ बर्षेदेखि आफूलाई बिभिन्न धम्की आउने गरेको बताएकी सन्नीले यस्ता धम्कीले आफुलाई केही फरक नपर्ने समेत बताएकी छन् ।

‘त्यसरी आउने धम्कीलाई के गर्ने त रु,’ उनलाई प्रश्न राखिएको थियो । ‘धम्कीको प्रचार गरेर गुन्डालाई हाइलाइट गर्न हुँदैन । धेरै आएमा पुलिसलाई खबर गर्नुपर्छ,’ सन्नी भन्छिन्, ‘जसले धम्की दिन्छ, उनले नोक्सान पुर्याउँदैन ।’

सन्नीले चलचित्र ‘पद्मावती’ रिलिज गर्ने विषयमा बिषयमा सेन्सर बोर्ड जिम्बेवारी लिनुपर्ने जोड दिएकी छन् । 







साभार : रातोपाटी












1898998 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top