logo
19 Nov 2018   |   
खेलकुद

जेडिनेकको हृयाट्रिकसँगै अष्ट्रेलिया विश्वकपमा



खेलकुद   62 पटक पढिएको   २९ कात्तिक, काठमाडौं     
माइल जेडिनेकको हृयाट्रिकको मदतमा अष्ट्रेलिया विश्वकपमा छनोट भएको छ ।



एएफसी प्ले अफ अन्तरगत मंगलबार भएको दोस्रो लेगमा होण्डुरसमाथि ३-१ गोल अन्तरको जित निकालेको अष्ट्रेलिया समग्रमा ३-१ ले विजयी भयो । पहिलो लेग गोलरहित बराबरीमा टुंगिएको थियो ।

घरेलु मैदानमा भएको खेलमा अष्ट्रेलियाको तीन गोल नै दोस्रो हाफमा गरेको थियो । ५३ औं मिनेटमा गोल गरेका जेडिनेकले ७२ औं मिनेटमा दोस्रो गोल गरे । ८५ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै जोडिनेकले हृयाट्रिक पूरा गरे ।

खेलको अन्तिममा इलिसले गोल गरेपनि होण्डुरसका लागि सान्त्वना मात्र बन्न पुग्यो ।

जितसँगै अष्ट्रेलिया रुश विश्वकपमा छनोट हुन् ३१औं राष्ट्र बनेको छ । साथै एशियाबाट विश्वकपमा छनोट हुने अष्ट्रेलिया पाचौं टोली बनेको छ ।

यसअघि साउदी अरेबिया, जापान, दक्षिण कोरिया र इरान छनोट भइसकेका छन् ।

अब विश्वकपमा एउटा टोलीमात्र छनोट हुन बाँकी छ । अन्तर महादेशीय प्लेअफ अन्तर्गत बिहीबार बिहान दक्षिणअमेरिकाको चिली र एशिया ओशियानाको न्यूजिल्याण्डबीच दोस्रो लेगको खेल हुनेछ ।

न्यूजिल्याण्डमा भएको पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो । साभार : अनलाईन खबर












1899011 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top