समाज


बिरामीले तिरेको पैसा सरकारी अस्पतालमा कर्मचारीको खल्तीमा

समाज 80 पटक पढिएको कलमपाटी प्रकाशित मिति:


बिरामीले तिरेको पैसा सरकारी अस्पतालमा कर्मचारीको खल्तीमा

रौतहट २९ कार्तिक चन्द्रपुर नगरपालिकामा रहेको चन्द्रनिगाहपुर सरकारी अस्पतालमा कर्मचारीहरुले बिरामीले तिरेको शुल्क हिनामिना गर्ने गरेको पाइएको छ ।

सर्पले टोकेर उपचार गर्न आएका बाट लिएको शुल्क  त्यहा कार्यरत कर्मचारीले नै खल्ति भर्ने गरेको फेला परेको हो ।

सर्पदशको उपचार गरेवापत अस्पताल व्यवस्थापन समितीले ११ सय रुपैया लिने निर्णय गरेको र सो रकम अस्पतालको खातामा नगइ कर्मचारीले नै राख्ने गरेको पाइएको हो ।

राति आकस्मिक कक्षमा काम गर्ने करारमा राखिएका कार्यलय सहयोगी पदका कर्मचारी संजय बच्छारले कार्तिक २८ गते सर्पले टोकेर उपचार अस्पताल आउका बिरामीले तिरेको शुल्क हिनामिना गरेका हुन ।

गुजरा नगरपालिका ५ का एैनुल हकले ६ बर्षिय नाती सहित आलम लाइ सर्पले टोकेर उपचार गराउन ल्याएका थिए । ती कर्मचारी बच्छारले ८ सय दिने भए रसिद काट्न नपर्ने  तर ११ सय दिने भए रसिद काट्ने भनेर बिरामीका आफन्त संग बार्गेनिङ्ग गरेको समेत बिरामीका आफन्तले बताएका छन ।

रसिद काट्ने भएपछि करारमा राखिएका कार्यालय सहयोगी बच्छारले बिरामीका आफन्त लाइ दिने रसिदमा आकस्मिक भर्ना शुल्क एकसय र सर्पदंशको उपचार वापत एकहजार लेखेर दिएको भेटीएको छ भने अस्पतालको ओसीकपीमा भने पछि कार्वन राखेर एकसय मात्रै लेखेको पाइएको छ ।

सोही दिन ति कर्मचारीले गरुडा नपा २ का मंगल साह सग पनि त्यसै गरी पैसा लिएका थिए । साहको श्रीमती शुसिला साहलाइ सर्पले टोकेपछि चन्द्रनिगाहपुर स्थित सरकारी अस्पतालमा उपचार गराउन आएका थिए ।

साहास नेपाल नामक गैर सरकारी सस्थामा कार्यरत रहेका मंगल साहलाइ शका लागेपछि उनले रसिदको ओसीकपी हेर्न मागेका थिए । अस्पतालले राख्ने रसिदको ओसीकपीमा एकसय रुपैया मात्रै लिएको देखेपछि उनी छक्क परेका थिए ।

साहास नेपाल नामक सस्था सरकारी कार्यालयमा हुने अनियमितता र ढिला सुस्तीको बिरुद्धमा काम गर्दै आएको छ ।

बिरामी तिरेको शुल्क कर्मचारीले राख्ने गरेको भन्दै उनीहरुले ति कर्मचारी लाइ हटाउन माग गर्दे अस्पताल व्यवस्थापन समितीका अध्यक्ष नरेश लामिछाने संग उजुरी समेत गरेका छन ।

अस्पतालका अध्यक्ष लामिछानेले कर्मचारीले गल्ति गरेको स्विकार गर्दै छानविन गर्ने र समितीको निर्णयले कार्वाह समेत गर्ने बताएका छन ।








कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 NEXT

English News



644126 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top