राजनीति


जुडीवेलामा बाम गठबन्धनको कार्यालय स्थापना

राजनीति 42 पटक पढिएको कलमपाटी प्रकाशित मिति:


जुडीवेलामा बाम गठबन्धनको कार्यालय स्थापना

राैतहट निवार्चन क्षेत्र नम्बर ४ अन्तर्गत चन्द्रपुर नगरपालिका वडा नम्बर २ जुडिबेलामा वाम गठबन्धनले वडा निर्वाचन परिचालन कार्यालय स्थापना गरेको छ ।
साे कार्यालयकाे उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. बंशिधर मिश्रले वाम गठबन्धनलाई ढुक्क भएर मत दिन चन्द्रपुर नगरपालिका २ जुडिवेलाका वडाबासीलाई आग्रह गर्नुभएको छ । उमेदवार  मिश्रले वाम गठबन्धनले नै मुलुकलाई राजनैतिक अस्थिरताबाट जोगाउने र स्थायी सरकार निर्माण हुने भएकाले यस क्षेत्रमा बिकास हुने वताउनुभयो ।मिश्राले नगरपालिकालाई ब्यवस्थित बनाउनका लागी पनि वाम गठबन्धनका उमेदवारलाई नै मत दिनुपर्ने वताउदै आफ्नो क्षेत्र अन्तर्गत पर्ने ग्रामीण भेगको सडकलाई समेत सुधार गरी बजार संग जोड्दै पर्यटन प्रवद्र्धनमा अगाडी वढाइने समेत वताउनुभयो । त्यसैगरी  वाम गठबन्धनका तर्फबाट प्रदेश क का उम्मेदवार देवेन्द्र पटेलले  गरिब दलित जनजाति महिला बेरोजगार को अधिकार सुनिश्चित गर्न वाम गठबन्धनलाई जिताउन पर्ने बताउनुभयो । चुनाबी सफलता संगै नगरको उचित ब्यवस्थापन हुने वताउदै नगर र समग्र क्षेत्र न ४ को प्रदेश लाई नमुना बनाइने पटेलले बताउनुभयो । घरदैलो अभियानमा वाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका लागी समानुपातिक उम्मेदवार कल्याणी खड्का र प्रदेशबाट सामानुपातिका युवराज भट्टराई (समिर)को पनि उपस्थिती रहेको थियो ।



कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT

English News



642464 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top