राजनीति


प्रशासनले पक्षपात गरेको भन्दै बाम गठबन्धनद्वारा ज्ञापन पत्र पेश

राजनीति 127 पटक पढिएको कलमपाटी प्रकाशित मिति:


प्रशासनले पक्षपात गरेको भन्दै बाम गठबन्धनद्वारा ज्ञापन पत्र पेश

रौतहट २८ कात्तिक // स्थानीय प्रहरी प्रशासनले बाम गठबन्धनका कार्यकर्ताहरुलाई दुःख दिएको भन्दै बाम गठबन्धनले मंगलवार मुख्य निर्वाचन अधिकृतलाई ज्ञापन पत्र बुझाएको छ ।

गत स्थानीय निर्वाचनपछि परोहा नगरपालिका वडा नं २ का नेपाली कांगे्रसका पराजित उम्मेदवार सेख सराजुद्धिनको छोरा सेख अकवरलाई असोज ९ गते राति अज्ञात समुहले गोलि हानी हत्या गरेको घटनामा नेपाली कांगे्रसका कार्यकर्ताहरुले प्रहरीको संरक्षणमा माओवादी केन्द्र र वाम गठवन्धनका कार्यकर्ताहरुलाई भुठा मुद्दा लगाउने, कुटपिट गर्ने, धम्काउने र घरमा बस्न नदिने कार्य गरीरहेकोमा प्रहरीलाई जानकारी गराउँदा समेत कुनै वास्ता नगरेकाले प्रतिरोधमा उत्रन वाध्य हुने जानकारी सहित ज्ञापन पत्र बुझाइएको एमाओवादीका जिल्ला संयोजक युवराज भट्टराई समिरले बताए । 

नेकपा एमालेका प्रदेश नं २ कमीटि सदस्य तथा पूर्व सांसद रामकुमार भट्टराई र माओवादी केन्द्रका रौतहट संयोजक समिरद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा प्रहरीले सत्ताधारी पार्टिको निर्देशनमा आफ्ना कार्यकर्ताहरुलाई झुठा मुद्दामा फसाउने र प्रहरीको सहयोगमा गाउँमा आतंक सिर्जना गरी बाम गठबन्धनका कार्यकर्ताहरुलाई घरमा बस्न नदिइएको जनाइएको छ । 

वाम गठबन्धनको ज्ञापन पत्र बुझदै प्रमुख निर्वाचन अधिकृत लेखनाथ ढकालले स्थानीय निर्वाचन जस्तै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन पनि शान्तिपूर्ण रुपमा सम्पन्न गराउन निर्वाचन अधिकृतको कार्यालय क्रियासिल रहेको र ज्ञापन पत्रमा उठाइएका विषयहरुलाई गम्भिरतापूर्वक लिदैं सम्बन्धित अधिकारीहरुसंग यस विषयमा छलफल गरि समस्याको समाधान गरिने बताए । 

प्रमुख जिल्ला अधिकारी उद्धव वहादुर थापाले वाम गठबन्धनले उठाएका विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै छिट्टै नै समस्याको समाधान गरिने बताए । 

प्रहरी उपरिक्षक यज्ञविनोद पोखरेलले गठबन्धनले उठाएका शान्ति सुरक्षाको सवालमा आगामि शनिवार भित्रमा सबै समस्याको समाधान गरिने आश्वासन दिएको पूर्व सांसद रामकुमार भट्टराईले बताए । सर्वोच्च अदालतले पक्राउ गरि मुद्दाको अनुसन्धान गर्नु भनि आदेश दिएका नेपाली कांगे्रसका उम्मेदवार मोहमद अफताव आलम प्रहरीकै स्कर्टिङ्गमा चुनाव प्रचारमा हिंडिरहेको र वाम गठवन्धनका कार्यकर्ताहरुलाई उनकै निर्देशनमा प्रहरीले दुःख दिइरहेकाले यस्ता क्रियाकलाप नरोकिए बाम गठवन्धन संघर्षमा उत्रने र आफ्ना कार्यकर्ताहरुको सुरक्षा आफैं गर्ने पूर्व सांसद भट्टराईले बताएकाछन ।

 फोटोः– प्रमुख निर्वाचन अधिकृतलाई ज्ञापन पत्र बुझाउदैं बाम गठवन्धनका नेताहरु ।



 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT

English News



642391 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top