राजनीति


भोजपुरमा एमाले उम्मेदवार शेरधन राईलाई लक्षित गरेर बम प्रहार

राजनीति 19 पटक पढिएको भोजपुर २८ कात्तिक प्रकाशित मिति:


भोजपुरमा एमाले उम्मेदवार शेरधन राईलाई लक्षित गरेर बम प्रहार

नेकपा एमालेका नेता तथा भोजपुर प्रदेशसभाका उम्मेद्वार नेता शेरधन राईलाई लक्षित गरेर भोजपुरमा बम आक्रमण भएको छ ।

जिल्लास्थित गोगनेको आमसभालाई सम्बोधन गर्न जाँदै गर्दा स्थानीय पिखुवा भन्ने स्थानमा उनलाई लक्षित गरेर बम प्रहार भएको हो । 

प्रहारीका अनुसार उनी सवार गाडीमा बम हानिएको थियो ।  घटनामा राई सकुशल रहेको तर उनका अंगरक्षक प्रहरी सहायक निरीक्षक डिल्ली देवकोटाको हातमा चोट लागेको बताइएको छ । गाडीमा पूर्णरुपमा क्षति भएको छ ।

नेत्रविक्रम चन्द नेतृत्वको  नेकपाको घटनामा संलग्नता रहेको हुनसक्ने  प्रहरीको आशंका छ ।  

पछिल्लो दिनमा नेकपाले खोटाङका विभिन्न उम्मेदवारको घरजग्गा समेत कब्जा गरेको दाबी गर्दै आएको छ ।  यसो त रुकुम र रोल्पामा पनि माओवादी केन्द्रका उम्मेदवारमाथि आक्रमणको प्रयास भएको थियो । साभार : रातोपाटी




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT

English News



642411 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top