खेलकुद


रोनाल्डो बने चौँथो सन्तानका पिता

खेलकुद 16 पटक पढिएको प्रकाशित मिति:


रोनाल्डो बने चौँथो सन्तानका पिता

रियालिटी टिभी स्टारले आफूसँग शारीरिक सम्बन्ध बनाएको आरोप लगाएको केही घण्टापछि नै क्रिस्टयानो रोनाल्डो चौँथो सन्तानको पिता बनेका छन् ।

३२ वर्षीय रियल म्याड्रिडका स्टार खेलाडीले २२ वर्षीया प्रेमिका जर्जिना रोड्रिग्वेजले छोरीलाई बोकिरहेको तस्विर सार्वजनिक गर्दै आफू फेरि छोरीको पिता बनेको घोषणा गरेका हुन् ।

आफ्नो इन्सटाग्राम पेजमा पोष्ट गर्दै रोनाल्डोले लेखेका छन्, ‘अलाना मार्टिनाको भर्खरै जन्म भएको छ । जियो र अलाना दुवै स्वस्थ छन् । हामी सबै धेरै खुसी छौँ ।’

आइतबार साँझ म्याड्रिडस्थित कुइरोन युनिभर्सल अस्पतालमा जर्जिनालाई भर्ना गरिएको थियो ।

रोनाल्डोले गत हप्ता पिता बन्नु सुखद अनुभव भएको बताएका थिए । गत जुनमा मात्र रोनाल्डो सरोगेट आमाबाट इभा र माटेओका पिता बनेका थिए । त्यस्तै क्रिस्टियानो जुनियर पनि सरोगेट आमाबाट नै जन्मिएको अनुमान गरिएको छ ।

हिजो मात्रै पोर्चुगलकीरियालिटी टिभी स्टार नटाचा रोड्रिग्वेजले रोनाल्डोले प्रेमिका जर्जिनालाई धोका दिँदै गोप्य रुपमा आफूसँग शारीरिक सम्बन्ध बनाएको आरोप लगाएकी थिइन् । साभार : रातोपाटी

 




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 NEXT

English News



648994 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top