समाज


स्कुले बिधार्थी लाइ नेपाली सेनाको तालिम

समाज 127 पटक पढिएको प्रकाशित मिति:


स्कुले बिधार्थी लाइ नेपाली सेनाको तालिम

रौतहट ११ साउन सधै बिधालय पोसाकमा पढ्न जाने रौतहटको चन्द्रनिगाहपुर स्थित दुर्गा माध्यमिक बिधालयका बिधार्थी सैनिक पोसाकमा देखिन थालेका छन । गएको साउन ३ गते देखी सो बिधालयका ७२ जना छात्रछात्राले प्रशिक्षण लिइरहेका छन ।
केहि दिन देखि बिधालयको चौरमा सो बिधालयका बिधार्थीले सैनिकले लगाउने जस्तै एकनासको पोसाक लगाएर परेड खेलीरहेका छन ।
बिधालयका कक्षा सात देखि १० सम्म अध्ययनरत ७२ जना बिधार्थी तालिममा सहभागी रहेको सो बिधालयका शिक्षक भरत कोइरालाले जानकारी दिए । तालिममा ३६ जना छात्रा र ३६ जना छात्र सहभागी भएका छन ।
किशोर किशोरीहरुलाइ इमान्दार बनाउने, नेतृत्व बिकाश गर्ने , अनुशासित बनाउने ,जीवनको महत्व बुझाउने र स्वयमसेवी भावना जाग्रित गर्ने उदेश्यले तालिम दिइएको श्री इन्द्र बक्स गण  रौतहट गौरका कर्णेल राजु कार्कीले बताएका छन । नेपाली सेनाको राष्ट्रिय सेवा दलले जुनियस डिभिजन तालिम नाम दिएर उनीहरुलाइ एकसय दिन सम्म तालिम दिने छ ।
बिहानको समय तालिम र दिउसो कक्षा संचालन हुने भएकाले पढाइ प्रभावित नहुने र तालिम लिनका लागी धेरै बिधार्थीले उत्सुकता देखाएको व्यवस्थापन समितीका अध्यक्ष बाबुराम दाहालले बताएका छन ।



कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 NEXT

English News



642473 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top