मनोरञ्जन


छोरीका लागि किताब लेख्दै शाहरुख

मनोरञ्जन 37 पटक पढिएको प्रकाशित मिति:


छोरीका लागि किताब लेख्दै शाहरुख

बलिउडमा किङ खानले परिचित शाहरुख खानलाई ट्विटरमा फलो गर्नेको संख्या तीन करोड पुगेको छ ।

अब उनी भारतमा धेरै ट्विटर फलोअर्स हुनेमा तेस्रो नम्बरमा परेका छन् । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीका ट्विटर फलोअर्स तीन करोड ६४ लाख छन् भने अमिताभ बच्चनका तीन करोड आठ लाख । सन् २०१० देखि शाहरुख ट्विटरमा जोडिएका थिए ।

त्यसो त शाहरुखको पहिचान धेरै फ्यान फलोइङ भएको अभिनेताका रूपमा मात्रै छैन । उनी मलेसियाको प्रतिष्ठित पुरस्कारबाट सम्मानित हुने पहिलो बलिउड कलाकार पनि हुन् । सन् २०१४ मा फ्रान्सको सर्वोच्च नागरिक पुरस्कार ‘लिजन अफ अनर’ पनि उनले पाएका छन् । २००५ मा पद्मश्री पुरस्कार पाएका उनले युनिभर्सिटी अफ एडिनबर्गबाट डाक्टर उपाधि प्राप्त गरिसकेका छन् । संसारकै सर्वाधिक कमाइ गर्ने अभिनेताको सूचीमा फोब्र्सले शाहरुखको नाम पनि राख्दै आएको छ ।

शाहरुखको आजको सफलतापछाडि विगतको संघर्षले काम गरेको छ । उनको जीवन निकै संघर्षमयी रह्यो । उनले जीवनको सुरुवाती पाँच वर्ष मामाघरकी हजुरआमाको काखमा बिताए । पछि दिल्लीमै पढेका उनको रुचि खेलकुदमा थियो । फुटबलमा समय खर्चिन रुचाउँथे ।

उनी १५ वर्षको छँदा बाबुलाई क्यान्सरले सिध्यायो, जो वकिल र स्वतन्त्रता सेनानी थिए । बाबुले थुप्रै बिजनेसमा पनि हात हालेका थिए, तर असफल भए । त्यसो त बाबु जीवित छँदै शाहरुख नाटकतिर आकर्षित भइसकेका थिए । नेसनल स्कुल अफ ड्रामा ९एनएसडी०मा बाबुले मेस चलाउँदा शाहरुख थुप्रै कलाकारको रिहर्सल नियाल्थे । अभिनय र सिनेमामा उनको निकटता यहीँबाट बढेको थियो ।

शाहरुखको पहिलो कमाइ ५० रुपैयाँ थियो । पंकज उदासको कन्सर्टमा कमाएको यही पैसाले उनी ट्रेन चढेर आगरा घुम्न गएका थिए । त्यतिखेर लामो कपाल पाल्थे, शाहरुख । तर, अभिनयका लागि उनले कपाल पाल्ने सोखलाई पनि पर राख्नुप¥यो । कपाल काट्ने सर्तमा सन् १९८८ मा ‘दिल दरिया’ सिरियलमा काम पाए ।

सानोमा खेलकुदसँगै सेनाको जागिरतिर पनि आकर्षण थियो, उनको । कोलकाता आर्मी स्कुलमा भर्ना पनि भएका थिए । तर, शाहरुखको यो रहरको विरुद्धमा थिइन्, उनकी आमा । अभिनयमा आमाकै साथका कारण पनि उनले सफल पाइला चाल्न सके । शाहरुखलाई देवानन्दको एउटा फिल्म खेलाउन आमाले नै लगेकी थिइन् ।

स्कुले जीवनमा उनीसहित चार साथीको एउटा ग्याङ थियो । उनको ‘सी ग्याङ’ले स्कुलका प्रतिद्वन्द्वी ‘पिएलओ’ र ‘सरदार’ ग्याङसँग मुकाबिला गथ्र्यो । पछि अभिनयका क्रममा फिल्म ‘जोस’मा पनि उनले त्यही ग्याङको भूमिका निभाएका छन् ।

आमाको खुसीका लागि शाहरुखले अभिनयमा सधैँ राम्रो गर्न खोजे । १९९० तिर टिभी सिरियल ‘सर्कस’मा अवसर पाए । उनले आमालाई सर्कसको एक एपिसोड देखाउने खास अनुमति दिइएको थियो, तर उनकी आमा यति बिरामी थिइन् कि उनले शाहरुखलाई चिन्दा पनि चिनिनन् । १९९१ को सुरुतिरै उनको मृत्यु भयो । त्यसपछि आमाको मृत्युको पीडा भुल्न मुम्बई छिरेका शाहरुख त्यहाँबाट कहिल्यै फर्केनन् ।

हेमा मालिनीसँग अभिनीत ‘दिल आसना है’ शाहरुखको जीवनको पहिलो फिल्म थियो । १९९१ मा फिल्मी करिअर सुरु गरेका उनले मुख्य अभिनेताको भूमिका भने १९९२ मा रिलिज फिल्म ‘दिवाना’मा गरेका थिए । त्यसपछि थुप्रै फिल्म खेलेर सफलता चुमेका शाहरुखलाई कयौँ मोडमा फ्यानको प्रेम छिचोल्न मुस्किल पर्‍यो । फ्यानबाट बच्न उनी एकपटक कारको डिक्कीमा बसेर यात्रा गर्नुपरेको प्रसंग भारतीय मिडियाले रोचक रूपमा प्रस्तुत गरेका थिए ।

‘सुत्नु भनेको जीवन नै बर्बाद गर्नु हो’ भन्ने शाहरुख रातमा केवल ४–५ घण्टा मात्रै सुत्छन् । सायद, दुःखैदुःखमा सफलता चुम्ने एक उदाहरणीय व्यक्तित्व हुन्, उनी । अहिले उनी आफ्नो अभिनय जिन्दगीको दुःख–सुखपूर्ण अनुभव समेटेर एउटा किताब लेख्दै छन् । खासमा आफ्नी छोरीका लागि लेख्दै छन् । किताबमा शाहरुखले अभिनयप्रतिको आफ्नो दृष्टिकोण सार्वजनिक गर्नेछन् । एउटा टेलिभिजन सोमार्फत उनले किताबको नाम सार्वजनिक गरिसकेका छन्– टु सुहाना अन एक्टिङ फ्रम पापा । जबकि उनी छोरी सुहानालाई पनि अभिनेत्रीका रूपमा देख्न चाहन्छन् । निर्देशक महेश भट्टको अनुरोधमा आफूले किताब लेख्न सुरु गरेको शाहरुखले बताएका छन् । साभार : नया पत्रिका




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT

English News



679131 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top