समाज


महोत्तरीमा अर्धचेत अवस्थामा फेला परेका सैनिकको मृत्यु

समाज 48 पटक पढिएको २६ कात्तिक, बर्दिवास प्रकाशित मिति:


महोत्तरीमा अर्धचेत अवस्थामा फेला परेका सैनिकको मृत्यु

महोत्तरीको गौशाला नगरपालिका-८ स्थित जंगलमा अर्धचेत अवस्था फेला परेका नेपाली सेनाका एक जवानको मृत्यु भएको छ ।

अर्धचेत अवस्थामा फेला परेका सर्लाही नवलपुरस्थित नेपाली सेनाको पाचकुमारी ब्यारेकमा कार्यरत गौशाला-८ बेलगाछीका २५ वर्षीय बिजयकुमार महत्तोेको उपचारको क्रममा सैनिक अस्पताल काठमाडौमा शनिवार मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले जानकारी दिए ।

दुई दिनको छुट्टीमा घर आएका महत्तो आइतबार आफू कार्यरत रहेको पाचकुमारी ब्यारेक जान हिडेका थिए । प्रहरीले महत्तोलाई सागरनाथ वन परियोजनाको जंगलमा ३ दिन पछि फेला परेको थियो ।

महतोलाई प्रहरी र स्थानीयवासीले परियोजनाको जङ्गलस्थित एक खोल्सामा बालुवा भासिएको अर्धचेत अवस्थामा फेला पारेको थियो ।

प्रहरीले घटनाको अनुसन्धान थालेको र कसैले कुटपिट गरी हत्याको प्रयास गरेको हुनसक्ने जनाएको छ ।

 साभार : अनलाईन खबर




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 NEXT

English News



642439 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top