समाज


दलित महिला भन्छन्-नाला, चर्पी र कलधारा बनाइदिनेलाई भोट

समाज 18 पटक पढिएको २६ कात्तिक, वीरगञ्ज प्रकाशित मिति:


दलित महिला भन्छन्-नाला, चर्पी र कलधारा बनाइदिनेलाई भोट

‘दलितको नाममा पैसा आउँछ भन्छन्, सबै मिलेर खान्छन् । हामीले पाउँदैनौं ।’ पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं २ महुवनस्थित दलित माझी मुसहर बस्तीकी रम्भादेविको भनाइ हो यो । पछिल्लो समयमा दलित समुदायमा विस्तारै सचेतना बढेको त उनको कुराले पुष्टि गर्छ ।

तर, सदरमुकाम वीरगञ्ज महानगरपालिकाबाट झण्डै १४ किलोमिटरको दुरीमा ३२ घरधुरी दलित माझी मुसहर समुदायका दलितहरुको जीवनस्तर अझै माथि उठ्न सकेको छैन् ।

स्थानीय तहको निर्वाचनमा उत्साहित भएर चुनावमा सहभागी भएका उनीहरु प्रदेश र प्रतिनीधिसभाको निर्वाचनमा पनि सहभागी हुनका लागि उत्साहित छन् ।

उनीहरु विगतमा जितेर गएका नेताहरुले आएर गाउँको विकास नगरेको गुनासो पनि सँगसँगै गर्छन् । ‘ पहिले आएर यस्तो गर्छु, उस्तो गर्छु भनेर चुनाव जितेर गए ।’ रम्भादेवि नै अगाडी भन्छन्, ‘ त्यसपछि बस्तीमा फर्केर आएका होइनन् । बस्तीको अवस्था जस्ताको त्यस्तै छ ।’

मंसिर २१ गते हुने प्रदेश र प्रतिनीधिसभाको निर्वाचनका लागि उम्मेदवारहरु प्रचारप्रसारमा व्यस्त छन् । अहिलेसम्म कुनैपनि नेता उनीहरुकोमा मत माग्न पुगेका रहेनछन् ।

सखुवा प्रसौनी गाउँपालिका पर्सा क्षेत्र नं ३ अन्तर्गत पर्छ । जहाँबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसबाट निवर्तमान सभासद सुरेन्द्र चौधरी, एमाले(माओवादीको बाम गठबन्धनको तर्फबाट निवर्तमान सांसद राजकुमार गुप्ता, फोरम नेपाल राजपा गठबन्धनबाट निर्माण व्यवसायी हरिनारायण रौनियार, नेपाल संघीय समाजवादी पार्टीका राजकुमार यादव लगायतको उम्मेदवारी परेको छ ।

वर्षौदेखि ऐलानी जग्गामा छाप्राहरु बनाएर बस्दै आएका मुसहर माझी समुदायको ठूला(ठूला माग छैनन् । झण्डै तीन सयको हाराहारीमा मतदाता रेहेको दलित बस्तीका बासिन्दाहरु आफ्नो गाउँको समस्या एकै सासमा भनिसक्छन् । ‘गाउँमा नाला छैन, चर्पी छैन, धारा छैन । समस्यै समस्या छ,’ टोलकी ६० बर्षीया जलिमा देविले भनिन्, ‘ऐलानी जग्गामा बसेका छौं, जग्गा जमिन छैन, काम पनि गतिलो छैन् । हामीहरुको लागि उचित व्यवस्था मिलाइदिनुपर्छ ।’

दलित बस्तीकै ३० वर्षकी सुमनदेविले जसले बस्तीका लागि नाला, सिप्टी (चर्पी’ र कलधारा दिन्छ उसैलाई मत दिने बताइंन् । ‘चर्पीका लागि गरिबलाई अनुदान आउँछ भन्छन्, जसको घरमा पहिले नै सिप्टी ९चर्पी० छ उनीहरुको घरमै अनुदानका सामग्री पुग्छ,’ उनले भनिन्,’ जसको घरमा चर्पी छ उसैको घरमा तीन तीन वटासम्म चर्पीका समान देखेका छौं । हामी दलितलाई कसले हेर्छ र रु’

३२ घरधुरीका लागि एउटै मात्रै कलधारा

२ घरधुरी रहेको वस्तीमा एउटै मात्रै कलधारा रहेको स्थानीयले गुनासो गरे । एउटा मात्रै कल सबैले प्रयोग गर्नुपर्दा विभिन्न समस्या आउने गरेको उनीहरुको भनाइ छ ।

‘सबैलाई खानेपानी चाहिन्छ, अलिअलि भएका बस्तु भाउलाई पनि खुवाउनै पर्छ । लुगा धुन नुहाउन पनि पर्छ ।’ स्थानीय भन्छन्, ‘ पुरै बस्तीमा एउटै कल छ । पालो कुरेर त्यही प्रयोग गर्नुपर्ने बाध्यता छ । अरु एक दुईवटा कल गाउँमा हुन्थ्यो भने सजिलो हुन्थ्यो ।’

उनीहरुले सम्बन्धित निकाय र नेताहरुलाई पटक पटक आग्रह गर्दा पनि कुनै सुनुवाई नभएको गुनासो गरे । ‘एउटै मात्र कलधारा छ । हामीलाई धेरै गाह्रो छ ।’ फेरि रम्भादेविले भनिन्, ‘ अरु धारा कसैले पनि हालिदिदैनन् । सबै ठाउँ गुहारीसक्यौ कसैले सुन्दैनन् ।’

स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा जितेका गाउँकै ६० वर्षीय ढेवर माझी आफूले समस्या समाधानका लागि गाउँपालिकामा पनि प्रयास गरिरहेको बताए । ‘गाउँपालिकामा बजेट आएका छैन्, उनलेभ ने,’बजेट आएपछि गाउँको समस्या समाधानका लागि रकम माग गरेर ल्याउँछु ।’ साभार : अनलाईन खबर




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 NEXT

English News



644130 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top