राजनीति


इमान्दार सरकार मेहनती जनता भए राष्ट्र सम्वृद्ध : पाण्डे

राजनीति 127 पटक पढिएको कलमपाटी प्रकाशित मिति:


इमान्दार सरकार मेहनती जनता भए राष्ट्र सम्वृद्ध : पाण्डे

चितवन २६ कात्तिक // नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा क्षेत्र नं. १ का उम्मेदवार सुरेन्द्र पाण्डेले मेहनती जनता र इमान्दार सरकार भए देश विकास तिब्र गतीमा हुने बताएका छन् ।


चितवनको क्षेत्र नं. १ को खैरहनीमा चुनावी प्रचार कार्यालय उद्घाटन कार्यक्रममा वोल्दै इमान्दार सरकार नभएको कारण विकासले तिब्रता नलिएको बताए । अव वन्ने सरकार वाम संगठनको सरकारले इमान्दारिताका साथ विकास निर्माणको काम गर्ने भन्दै ढुक्क भएर मतदान गर्न अनुरोध गरे । म भन्छु हामी सरकारमा गयौ भने जनताका आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्नेछौ ।

राजनीति भनेको इमान्दारिताका साथ गरेर जनता र देशको सेवकको रुपमा काम गर्ने हो । अहिले निर्माण भएको वाम एकताले निर्वाचनपछि पनि सरकारमा एक भएर जान्छ र आर्थिक सम्वृद्धिको पक्षमा ध्यान दिएर काम गर्नेछ । कम्युनिष्टको सरकार भएको समयमा जनता र देशको पक्षमा कसरी काम गर्ने छ भन्ने उदाहरण मनमोहन अधिकारीको सरकारलाई हेर्दा हुन्छ उनले भने उहाले धेरै समय सरकार सञ्चालन गर्न पाउनु भएन । त्यसपछि एमालेको नेतृत्वमा वनेको सरकारले विकास निर्माण र वृहत योजनाका साथ काम गरेको भन्दै अव एमाले माओवादी केन्द्र दुवै मिलेर वन्ने सरकारले नेपाली मोडलको समाजवाद निर्माण गरेर जनताको पक्षमा काम गर्ने जानकारी दिए ।

कार्यक्रममा उनले समाजवादमा हाम्रो पहिलो काम प्राविधिक शिक्षालाई जोड दिएर आफै सक्षम वनाउने पक्षमा हुनेछौ । अव रोजगार नपाउने शिक्षा होइन अध्ययन पूरा हुने वितिकै रोजगार घरमा आउने प्रकारको शिक्षामा हाम्रो जोड हुने छ उनले भने यस्तो शिक्षा दिन हामी सक्षम छौ । शिक्षा प्राप्त हुना साथ रोजगार पाएमा नेपाली जनशक्ति विदेश पलायन हुन पर्दैन । शैक्षिक वेरोजगारको सख्या वृद्धि भएकाले यसलाई अन्त्य गर्नको लागि समय अनुसारको प्राविधिक शिक्षामा लगानी गर्ने छौ ।

यस संगै विरामी जनतालाई राज्यले उपचार गर्ने छ । जुन उपचार निःशुल्क हुने छ त्यसको सुरुवात विमा मार्फत भएको छ । यसलाई अझ प्रभावकारी वनाएर ठुला रोग लागेमा पनि सरकारले उपचार गर्ने व्यवस्था हामीले मिलाउने छौ । रोजगार नपाउनेलाई यही रोजगारको व्यवस्था सिर्जना गर्नेछौ । त्यससंगै अशक्त, असहाय, वृद्धवृद्धालाई पेन्सनको व्यवस्था गर्नेछौ । जुन वर्ग कमजोर छ त्यसलाई राज्यले हेर्नेछ , वालवालिका, अशक्त, घर नभएकालाई घर, वृद्धलाई पेन्सन यती भएपछि काम गर्न सक्ने वलिया जनशक्तिले काम गरेर पौरख गरेर कमाउनेछन् । त्यसपछि हाम्रो देशले आर्थिक प्रगती हासिल गर्नेछ । आय आर्जनको माध्यमहरु हामीले हाम्रै गाउघरमा निर्माण गर्नेछौ जुन हामीले सञ्चालन गर्न सकिन्छ ।

कार्यक्रममा क्षेत्र नं. १ को प्रदेश १ का उम्मेदवार दावा दोर्जे लामाले वाम गठवन्धनको सरकारले मात्र विकासको काम गर्न सक्ने बताए । उनले ढुक्क भएर मतदान गर्न सल्लाह दिए । कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य कमलराज पाठक, माओवादी केन्द्रका कन्द्रीय सदस्य जगन्नाथ आचार्य लगायतले मन्तव्य राखेका थिए ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT

English News



642415 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top