समाज


गाउँपालिकाले छाड्यो विद्यालय भवन

समाज 9 पटक पढिएको २६ कात्तिक, रौतहट प्रकाशित मिति:


गाउँपालिकाले छाड्यो विद्यालय भवन

रौतहटको जनता माविको भवनमा यमुनामाई गाउँपालिका कार्यालय सञ्चालन गरिँदा विद्यार्थीहरु चौरमा बसेर पढ्न बाध्य भएको सार्वजनिक भएपछि गाउँपालिकाको कार्यालय सारिएको छ ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला शिक्षा कार्यालयको पहलमा गाउँपालिका कार्यालयलाई साविकको गाविस भवनमा सारिएको हो ।

यमुनामाई गाउँपालिकाको कार्यालयले भवन अभावको कारण देखाउँदै जनता मावि सरुअठाको दुई तल्ले पक्की भवनमा कार्यालय सञ्चालन गरेको थियो । गाउँपालिका कार्यालयका कारण कक्षा कोठाको अभाव भएपछि विद्यार्थीहरु चिसो चौरमा खुल्ला आकाशमुनि पढ्न बाध्य भएका थिए ।

समाचार सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापाले गाउँपालिकाको कार्यालय तुरुन्त अन्यत्र सार्न गाउँपालिका प्रमुख श्रीप्रकाश मुखियालाई निर्देशन दिएका थिए ।

जिल्ला शिक्षा अधिकारी राम विनय सिंहले पनि विद्यालयबाट गाउँपालिका कार्यालय हटाउन जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय तथा शिक्षा विभागलाई पत्राचार गरेका थिए । साभार : अनलाईन खबर




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 NEXT

English News



644127 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top