समाज


स्थानीय र प्रहरीको झडप, प्रहरीले गर्‍यो हवाई फायरिङ

समाज 51 पटक पढिएको हेटौंडा २६ कात्तिक प्रकाशित मिति:


स्थानीय र प्रहरीको झडप, प्रहरीले गर्‍यो हवाई फायरिङ

मकवानपुरमा स्थानीय र प्रहरीबीच झडप भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको नेवारपानीमा प्रहरीले शनिबार राति झडप हुँदा प्रहरीले हवाई फायरिङ गरेको छ ।

स्थानीयवासी र नेवारपानी प्रहरी चौकीका प्रहरीबिच भएको झडपका क्रममा प्रहरीले चार राउण्ड हवाई फायरिङ गरेको हो ।स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गरिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी दिलिप झाले बताए । प्रहरीले स्थानीय र वनभोजमा आएका व्यक्तिहरुको झगडा छुटाउने क्रममा एक युवतीलाई संवेदनशील अंगमा पर्ने गरी कुटपिट गरेको स्थानीयको आरोप छ ।

झडपका क्रममा स्थानीयले चौकीमा सामान्य तोडफोड गरेका छन् । तोडफोडबाट फर्निचरका साथै सिसाहरु फुटेको प्रहरी प्रवक्ता झाले बताए । झडपपछि केही समय चक्काजाम समेत भएको थियो । साभार : अन्नपुर्ण




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 NEXT

English News



644131 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top