समाज


गौर नपा ७ को वडा कार्यालय स्थापना

समाज 33 पटक पढिएको कलमपाटी प्रकाशित मिति:


गौर नपा ७ को वडा कार्यालय स्थापना

गौर २४ कार्तिक // रौतहटको गौर नगरपालिका वडा नम्बर ७ सबगढामा शुक्रबार वडा कार्यालयको स्थापना भएको छ । गाउँमा वडा कार्यालय स्थापना भएपछि सबगढाका बासिन्दाहरु खुसी भएका छन् ।

राज्य पुनःसंरचना अन्तर्गत सरकारले जनताका आधारभूत सेवाहरु स्थानीय तहबाटै उपलब्ध गराउने उद्देश्यसहित गाउँ–गाउँमा अधिकार सम्पन्न वडा कार्यालयहरु स्थापना गर्ने सरकारी निर्णय अनुसार वडा कार्यालयको स्थापना भएको छ ।

वडा कार्यालय स्थापना भएपछि जनतालाई सजिलो भएको भन्दै सरकारले अधिकार दिएको विभिन्न सिफारिस, नाताप्रमाणित, जन्मदर्तालगायतका कामहरु वडा कार्यालयबाट हुने वडा अध्यक्ष शेख जमशैदले बताएका छन ।

शुक्रबार विहान गौर नगरपालिकाका मेयर अजय कुमार गुप्ताले रिबन काटेर वडा कार्यालयको उद्धघाट्न गरेका छन ।

 उद्धघाट्न कार्यक्रममा उपमेयर किरण ठाकुर, राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झा, जिल्ला अध्यक्ष मण्डलका सदस्य बाबुलाल साह, डिम्पल झा, स्थानिय समन्वय अधिकारी उमेश बस्नेत, गौर नगरपालिका कार्यालयका कार्यकारी अधिकृत सन्तोष मिश्रा, रौतहट सशस्त्र प्रहरी प्रमुख प्रेमराज पोख्रेल, वडा सचिव शान्ति कार्कि लगायत उपस्थिती रहेको थियो ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 NEXT

English News



644659 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top