logo
15 Nov 2018   |   
समाज

मेयरका उम्मेदवार पेस्तोल र चरेससहित पाँच जना पक्राउ



समाज   127 पटक पढिएको   २४ कात्तिक, जनकपुर     
स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिएकी एक महिला आफ्नो छोरा सहित गाँजा व्यापारमा संलग्न रहेको आरोपमा पक्राउ परेकी छिन् ।



धनुषा जिल्लाको सबैला नगरपालिका-१३ ढोलवाजा टोलमा पसलनै थापेर लागुपदार्थ गाँजाको बिक्रीवितरण गर्दै आएका आमा छोरालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गणेशमान चारनाथ नगरपालिका ३ निवासी ५० वर्षीय कलसिया देवी महरा र उनका दुई छोराहरु २४ वर्षीय देवेन्द्र महरा र रामअवतार महरालाई प्रहरीले गोप्य सूचनाको आधारमा खानतलासी गर्दा अन्दाजी १० किलो गाँजासहित पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए । पक्राउ परेका तीनै जना लामो समयदेखि लागु औषध गाँजाको कारोबारमा संलग्न रहेको जानकारी आफूहरुलाई प्राप्त भएको प्रउ सिंहले बताए ।

यसैक्रममा प्रहरीले जिल्लाको सबैला नगरपालिका-८ स्थित ठिल्ला गाउँबाट अवैद्य हातहतियार ल्याउँदै गरेको गोप्य सूचनाको आधारमा एक थान कटुवा पेस्तोल र एसएलआरमा लाग्ने तीन राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा ५७ वर्षीय सकुर मिया र २० वर्षीय अनिल पासवान रहेको जनाइएको छ । पक्राउ परेका सबै अभियुक्तलाई अदालतमा म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।












1859810 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top