समाज


दुई उपमहानगरको वडा कार्यालय एउटै भवनमा

समाज 16 पटक पढिएको बारा २४ कात्तिक प्रकाशित मिति:


दुई उपमहानगरको वडा कार्यालय एउटै भवनमा

भौतिक संरचनाको व्यवस्था हुन नसक्दा बारामा दुई उपमहानगरपालिकाले एउटै भवनबाट छुट्टाछुट्टै वडा कार्यालय सञ्चालन गरिरहेका छन् ।

साविकको मनहर्वा गाउँ विकास समितिका केहि भाग जीतपुरसिमरा उपमहानगरपालिका र केहि भाग कलैया उपमहानगरपालिकामा गाभिएपछि साविकको गाविस भवनबाट जीतपुरसिमराको वडा नम्बर १८ र कलैया उपमहानगरपालिकाको वडा नं। २४ को वडा कार्यालय सञ्चालन भइरहेको छ । 

जीतपुरसिमरा उपमहानगरपालिका १८ का वडा अध्यक्ष अर्जुन प्रसाद दाहालले दुई उपमहानगरपालिकाको कार्यालय एउटै भवनबाट सञ्चालन गर्नु पर्दा समस्या भइरहेको बताउनुभयो । 

वडा कार्यालय सञ्चालन गर्न आवश्यक भवनको ब्यवस्था हुन नसक्दा दुबै उपमहानगरपालिकाले साविककै गाविस भवन प्रयोग गरेको र दुबै कार्यालयलाई समस्या भएको दाहालले बताउनुभयो । ‘कार्यालय सञ्चालन गर्न दुबै वडालाई असजिलो भएको छ, साँघुरो ठाउँमा बसेर काम गर्नुपर्ने बाध्यता छ’ दाहालले   भन्नुभयो ।  

कलैया उपमहानगरपालिका वडा नम्बर २४ का अध्यक्ष हरिलाल चौधरीले कार्यालय भवनको व्यवस्था नहुँदा बाध्यताले यसरि बस्नुपरेको बताउनुभयो । ‘अहिलेको वडा कार्यालय भवन साँघुरो मात्र छैन, दुबै उपमहानगरका वडाबासीहरुलाई अपायक पनि परेको छ’ चौधरीले भन्नुभयो । 




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 NEXT

English News



644645 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top