logo
15 Nov 2018   |   
समाज

मोटरसाईकल दुुर्घटनामा युुवकको मृत्युु



समाज   127 पटक पढिएको   रौतहट २४ कात्तिक     
गौर चन्द्रनिगाहपुुर सडकखण्डमा गए राति भएको मोटरसाइकल दुर्घटनामा एकजना युुवकको ज्यान गएको छ । मृत्युुु हुुनेमा मोटरसाइकल चालक बारा जितपुर नगरपालिका–३ का २२ वर्षीय सञ्जयकुुमार साह रौनियार रहेको प्रहरीले जनाएको छ ।



चन्द्रपुर नपा सन्तपुुरस्थित जारी रहेको कार्तिकेश कुुँवर मेलाबाट बिहीबार राति अत्यधिक मदिरा सेवन गरी तीव्र गतिमा गौरतर्फ गइरहेको ना५१प ९५५९ नंको मोटरसाइकल सखुुअवा चौकनजिक अनियन्त्रित भई दुुर्घटना भएको थियो । दुुर्घटनामा गम्भीर चोट लागेका रौनियारको गरुडास्थित एक निजी अस्पतालमा उपचारका क्रममा राति २ बजे मृत्युु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुुख प्रहरी निरीक्षक गोविन्द थापाले बताउनुभयो । 

मोटरसाइकलमा पछाडि सवार रौतहट माधवनारायण नपा–३ का पवनकुुमार साहलाई सामान्य चोट लागेको र गरुडास्थित उपचार भइरहेको प्रहरीले जनाएको छ ।  साभार : रातोपाटी












1859421 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top