राजनीति


रौतहट ४ मा बाम गठवन्धनको कार्यकर्ता भेला सम्पन्न

राजनीति 95 पटक पढिएको कलमपाटी प्रकाशित मिति:


रौतहट ४ मा बाम गठवन्धनको कार्यकर्ता भेला सम्पन्न

रौतहट २३ कार्तिक // रौतहटको क्षेत्र नम्वर ४ मा वाम गठबन्धन ले अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । भेलाले ३० वटा वडामा इन्चाज, संयोजक , सह संयोजक हरुको चयन गरेको छ ।

बाम गठबन्धनका रौतहट क्षेत्र ४ का प्रतिनिधी सभाको उम्मेदवार डा. बंशिधर मिश्र, प्रदेश (क) का देवेन्द्र पटेल , प्रदेश (ख) का नागेन्द्र यादव लाइ बिजयी गराउनका लागी अगुवा कार्यकर्ता भेलाको वाम गठबन्धनले भेलाको आयोजना गरेको हो ।

सो भेलामा स्वागत प्रदेश सदस्य उद्धव रेग्मी , मन्तव्य प्रदेश ख का नागेन्द्र यादव , क का देवेन्द्र पटेल ,  गठबन्धनका नेताहरु राम कुमार भट्टराई, बिर वहादुर गोले, एकराज थापा , कल्याणी खड्का, युवराज भट्टराई ले मन्तव्य राखेका छन ।

चन्द्रनिगाहपुर स्थित एमाले पार्टी कार्यालयमा भएको भेलामा प्रतिनिधी सभाका उम्मेदवार डा.बंशिधर मिश्रले वाम गठबन्धनले जिते मात्रै देश सम्वृद्धी तर्फ अगाडी बढ्ने बताए । 

देश लाइ तिव्र बिकाशका लागी दिगो सरकार निमार्णका लागी वाम गठबन्धन आवस्यकता रहेको बताउदै उम्मेदवार मिश्रले एक भएर चुनावी मैदानमा होमीन समेत नेता कार्यकर्ताहरु लाइ आग्रह गरेका छन ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT

English News



642493 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top