अर्थ / व्यापार


नयाँ पर्यटकीय स्थान वन्दै सौराहाको लोथर क्षेत्र

अर्थ / व्यापार 127 पटक पढिएको कलमपाटी प्रकाशित मिति:


      नयाँ पर्यटकीय स्थान वन्दै सौराहाको लोथर क्षेत्र

चितवन २३ कात्तिक // सौराहादेखि लोथर चितवन राष्ट्रिय निकुञ्ज नजिकैको सडक कालोपत्रे भइ विस्तार हुन थालेपछि ठुला लगानीका होटलहरुले जग्गा खरिद कार्य अगाडि वढाएका छन् ।


फराकिलो र सस्तो जग्गा किनेर व्यवसाय गर्नको लागि पर्यटन क्षेत्रमा लागेकाहरुले जग्गा किन्न थालेको स्थानीयहरुले बताएका छन् । 

पर्यटकीय गन्तव्यको रुपमा रहेको चितवनको सौराहाबाट पूर्व राप्ती नदी र निकुञ्जको नजिकैबाट निर्माणको सडक अहिले कालोपत्रेको काम भइराखेको छ । 

सौराहा क्षेत्रमा जग्गा खरिद गर्न महंगो, प्रयाप्त स्थानको अभाव  र ध्वनी प्रदुषणले गर्दा पर्यटकले शान्त वातावरण खोज्न थालेपछि निकुञ्जको छेउ लोथर सौराहा सडक नयाँ गन्तव्यको रुपमा अगाडि वढेको हो । 

निकुञ्जको नजिकै रहेको मध्यवर्ती वनमा एकसिगै गैडा, जरायो, पाटे बाघ, चित्तल, गौरी गाइ लगायतको जन्तु सजिलै देख्न सकिने भएपछि पनि यहाँ पर्यटकको चहलपहल वढेको छ ।

सौराहा वसपार्कबाट पूर्व तर्फबाट जाने सडक अहिले विस्तार संगै कालोपत्रेको तयारी हुदैछ । करिब ३० किलोमिटरको क्षेत्र रहेको यहाँ नयाँ होटल तथा रेष्टुरेन्ट खुल्ने क्रम रहेको छ । अहिले यस क्षेत्रमा साना ठुला गरी एक दर्जन भन्दा धेरै होटल सञ्चालनमा रहेका छन् भने ठुला लगानीका केही नयाँ होटलहरु खोल्ने तयारीमा रहेको होटल व्यवसायीहरुले जानकारी दिएका छन् । 

यस क्षेत्रमा कुमरोज, जनकौली, गवै, हर्नरी, जनकपुर लगायतका पर्यटकीय आकर्षणको केन्द्र रहेको छ । यही क्षेत्रमा अहिले नयाँ होटल निर्माणको लागि जग्गा खरिद कार्य धमाधम भएको स्थानीय कुलप्रसाद भुषालले जानकारी दिए । मानिसका चाप कम भएकाले यस क्षेत्रबाट सजिलै वन्य जन्तु अवलोकन गर्न पाइन्छ ।

यहाँको सडक विस्तारसंगै होटल खोल्नको लागि जग्गा खरिद गर्ने व्यक्तिहरुको चाप वढेको छ उनले भने एक वर्ष अगाडिदेखि सौराहाका ठुला होटलदेखि जिल्ला बाहिरका व्यक्तिहरुले जग्गा खरिद गरेर राखेका छन् । करोडौको लगानीमा तीन वटा होटलहरु यहाँ निर्माणको क्रममा रहेको छ । वाघमारा मध्यवर्ती वनभन्दा यहाबाट वन्यजन्तु सजिलै देख्न सकिने भएकाले अहिले यहाँबाट हेर्न आउने पर्यटकको भिड लाग्ने गरेको उनले बताए ।

सौराहा क्षेत्रमा प्रयाप्त जमिनको अभावमा यहाबाट पूर्वतर्फ लगानीकर्ताहरुको आकर्षण वढेको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले बताए । धेरै र केही सहुलियतमा जग्गा सौराहा क्षेत्रमा पाइदैन उनले भने सौराहाबाट पश्चिम होटलको लागि उपयुक्त जग्गा र स्थान छैन । पूर्व तर्फ निकुञ्जको नजिक, राप्ती किनार र वन्य जन्तुको अवलोकनका लागि पनि सहज भएकाले लगानीकर्ताको आकर्षण वढेको घिमिरेले बताए ।

यो सडक निर्माणको कार्य अहिले धमाधम भएको डिभिजन सडक कार्यालय भरतपुरले जानकारी दिएको छ । वहुवर्षे ठेक्का अन्तर्गत काम भइराखेको डिजिभिज सडक कार्यालय भरतपुरका सूचना अधिकारी वसन्तकुमार गाँइले जानकारी दिए । दुवै तर्फ ढलको निर्माणसंगै कालोपत्रे गर्ने कार्य भइराखेको छ । पहिलो चरणमा ९ किलोमिटर सडक कालोपत्रे गर्ने काम हुने छ उनले भने साढे ५ मिटर चौढाइ हुने यस सडकमा दोहोरो सवारी साधन चलाउन सकिनेछ । संसद सुरेन्द्र पाण्डेको पहलमा योजनापरेको सडक वहुवर्षे अन्र्तगत डिभिजन कार्यालयको निगरानीमा काम भइराखेको सूचना अधिकारी गाँइले जानकारी दिए ।

१३ करोड ८५ लाखको लागतमा सडक निर्माण कार्य भइराखेको पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेले जानकारी दिए । रणनीतिक सडक निर्माण शीर्षकमा यो परेकाले यस सडकको निर्माण केन्द्रीय बजेट मार्फतनै हुनेछ । ढल बाहेक ११ मिटर चौडाइ हुने यो सडक तयार भएपछि दोहोरो सवारी साधन चलाउनको लागि कुनै समस्या नहुने पाण्डेले बताए । पर्यटकीय क्षेत्रको विकास संगै यस आसपासमा स्थानीयको जीवन स्तर समेत माथि उकास्नलाई सडक एउटा नयाँ विकल्प भएको र कृषि उत्पादन बजारमा लैजान, निकुञ्जको नजिकैबाट सवारी साधनबाटै अवलोकन गर्न, वन्यजन्तुको अवलोकन गर्न, पर्यटकीय गतिविधि विकास गर्न, व्यापार व्यवसाय गर्न सडक निर्माणले सहजता ल्याउन सहयोग मिल्ने उनले बताए । 

 बाटो निर्माणले जग्गाको मुल्यमा वृद्धि हुदा विक्री गरेर आय आर्जन गर्नको लागि सहज हुने स्थानीय रामेश्वर मिश्रले बताए ।

 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 NEXT

English News



648928 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top