खेलकुद


१२ गोल खाँदै नेपाल घर फर्कियो

खेलकुद 13 पटक पढिएको काठमाडौं, २३ कात्तिक प्रकाशित मिति:


१२ गोल खाँदै नेपाल घर फर्कियो

एएफसी यू–१९ च्याम्पियनसिप छनोट खेलमा नेपाली युवा टिम जितविहीन हुँदै घर फर्किएको छ ।

नेपालले समूह ‘ए’को छनोटमा जित मात्र होइन, कुनै पनि टिमविरुद्ध गोल गर्न असफल भयो । नेपाल समग्रमा ४ खेलबाट १२ गोल खान पुगेको थियो । नेपाल आफ्नो समूहको पुछारमा रह्यो ।

नेपाललाई पराजित गरेको ओमान समूहमा दोस्रो स्थानमा उक्लिएको छ । समूह विजेता सोझै अन्तिम चरणमा छनोट हुनेछ । उत्कृष्ट उपविजेता पनि छनोट हुने प्रावधान छ ।

जितको अपेक्षा अधुरो

छनोट खेलअन्तर्गत समूह ‘ए’मा रहेको नेपाल अन्तिम खेलमा ओमानविरुद्ध किर्गिस्तानको बिस्केक मैदानमा जित निकाल्ने प्रयाससाथ उत्रिएको थियो । तर, नेपालले प्रतियोगिताकै ५–० को फराकिलो अन्तरले हारको सामना गर्‍यो । नेपालमाथि सानदार जित निकालेको ओमानले उत्कृष्ट उपविजेताका रूपमा छनोट सम्भावना बलियो बनाएको छ । नेपालविरुद्ध आक्रामक देखिएको ओमानले ११औँ मिनेटमा अल हार्थीको गोलबाट १–० को अग्रता लिएको थियो । खेलको ३२औँ मिनेटमा अल अलावीलको गोलसँगै ओमान २–० ले अघि बढ्यो । मध्यान्तरअघि नै ओमान ३–० ले अघि बढिसक्दा नेपालको केही सीप लागेन । व्यक्तिगत दोस्रो गोल तथा ओमानलाई तेस्रो गोलको अग्रता हार्थीले नै पहिलो हाफको इन्जुरी समयमा गरेका थिए । 

खेलेको ५८औँ मिनेटमा अल जावीले ओमानका लागि चौथो गोल गरे । अल अलवीले खेलको ५९औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा ओमान ५–० ले विजयी भयो ।

लगातार खेल ४ गोलविहीन 

नेपाली युवा टोलीबाट प्रभावशाली प्रदर्शनको अपेक्षा थियो । नेपालले चारै प्रतिद्वन्द्वीविरुद्ध कजमोर प्रदर्शन ग¥यो । नेपालले कुनै पनि राष्ट्रविरुद्ध आफ्नो रवाफ देखाउन सकेन । नेपालले छनोट खेलमा एक दर्जन गोल बेहोरो । पहिलो खेलमा बहराइनसँग २–० ले हारेको नेपाल बहराइनसँग ४–० ले पराजित भयो । यद्यपि, नेपालले प्रतियोगितामा लगातार तीन खेलमा जित निकाल्दै छनोट हुन सफल युएईविरुद्ध भने प्रभावशाली प्रदर्शन गरे पनि १–० ले पराजित भएको थियो । नेपाल भने ओमानविरुद्धको अन्तिम खेलअगाबै प्रतियोगिताबाट बाहिरिएको थियो ।

युएई छनोट

प्रतियोगितामा लगातार तीन जित निकालेको युएई आगामी वर्षको अक्टोबरमा इन्डोनेसियामा हुने एएफसी यू–१९ च्याम्पियनसिपमा छनोट भएको छ । निर्णायक खेलमा नेपाललाई पराजित गरेपछि ओमानको पनि सम्भावना कायम छ । च्याम्पियनसिपमा १६ टिम सहभागी हुनेछन् ।

छनोट प्रतियोगिताबाट १० समूहका विजेताले स्वतः स्थान बनाउँदा दोस्रो स्थानमा प्रतिस्पर्धात्मक अंक हासिल गर्ने पाँच टिम छनोट हुनेछन् । इन्डोनेसिया भने आयोजकका रूपमा स्वतः छनोट भएको छ ।

ओमानविरुद्ध रफ खेल

नेपाली युवा खेलाडीले दोस्रो हाफमा ‘रफ’ खेल खेले । दोस्रो हाफमा रेफ्रीले नेपालका आठ खेलाडीलाई पहेँलो कार्ड देखाएका थिए । नेपाली युवा टिमले सबै पहेँलो कार्ड दोस्रो हाफमा खान पुगेको थियो । नेपालका लागि अनिल महर्जन, विकास खवास, समुन अर्याल, सेशांक, विश्वास उदास, राजन गुरुङ, एरिक विष्ट र रेग्जिन सुब्बाले पहेँलो कार्ड पाएका थिए । प्रतियोगिता अवधिभर नेपाल १७ पहेँलो कार्ड र एक रातो कार्डको सिकार भयो । बहराइनविरुद्ध दिनेश हेन्जनले रातो कार्ड पाएका थिए । साभार : नँया पत्रिका




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 NEXT

English News



644043 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top