खेलकुद


‘के तिमी युद्घका लागि तयार छौ ?'

खेलकुद 18 पटक पढिएको काठमाडौं २३ कात्तिक प्रकाशित मिति:


‘के तिमी युद्घका लागि तयार छौ ?'

न्युयोर्क: अमेरिकी मुक्केबाज डियोन्टी विल्डरले अर्का बेलायती बक्सर एन्थोनी जोसुआलाई आफूसँग लड्न चुनौती दिएका छन् ।

गत आइतबार भएको भिडन्तमा बर्मन स्टिवर्नलाई पहिलो राउन्डमै नकआउट गर्दै डब्लूबीसी हेभिवेट उपाधि जोगाएपछि हौंसिएका वाइल्डरले जोसुआलाई आफूसँग लड्न कडा चुनौती दिएका हुन् । ‘मलाई थाहा छ, म सर्वोत्कृष्ट हुँ ।

त्यसैले अब म तिमी (एन्थोनी जोसुआ) लाई भिडन्तका लागि चुनौती दिन चाहन्छु । यसलाई युद्धका लागि गरिएको चुनौती सम्झिए हुन्छु, ३२ वर्षीय विल्डरले भनेका छन् ।

विल्डरले आइतबारको भिडन्तमा स्टिवर्नमाथि लगातार मुक्का बर्साएका थिए, जसको प्रतिकार गर्न स्टिवर्न पूर्णरूपमा असफल देखिएका थिए । स्टिवर्नलाई नकआउट गरेपछि विल्डरले बक्सिङ रिङबाटै पनि जोसुआप्रति लक्षित गर्दै हुँकार छाडे, ‘के तिमी युद्धका लागि तयार छौ ।ु डब्लूबीए र आईबीएफ हेभिवेट च्याम्पियन जोसुआलाई उनले प्रश्न गरे, ‘लामो समयदेखि म त्यो भिडन्तको प्रतीक्षा गरिरहेको छु । मैले युद्धको घोषणा गरिसकेको छुु । मेरो चुनौतीलाई स्वीकार गर्ने हिम्मत तिमीसँग छ ? '

स्टिवर्नलाई पहिलो राउन्डमै ढालेपछि हौंसिएका विल्डरले २८ वर्षीय जोसुआलाई आफ्नो शक्ति परीक्षण गर्ने अवसर सदुपयोग गर्न सुझाव पनि दिए । मुक्केवाज विल्डरले बेलायतका डेनियल ह्वाइटसँगको भिडन्त भने यसअघि नै अस्वीकार गरिसकेका छन् । विल्डरले गत सातामात्र डब्लूबीसी सिल्भर हेभिवेट उपाधिका लागि भएको भिडन्त जितेका थिए । डेनियल ह्वाइटले भने सन् २०१५ को डिसेम्बरमा जोसुआसँग पराजय व्यहोरेयता लगातार ६ खेल जित्दै आएका छन् । साभार : अन्नपुर्ण




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 NEXT

English News



644050 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top