मनोरञ्जन


शारीरिक सम्बन्धको प्रस्ताव अस्विकार गर्दा फिल्मबाट निकालिइन् स्वरा

मनोरञ्जन 29 पटक पढिएको प्रकाशित मिति:


शारीरिक सम्बन्धको प्रस्ताव अस्विकार गर्दा फिल्मबाट निकालिइन् स्वरा

अहिले चलचित्र ‘वीरे दी वेडिङ’को सुटिङमा ब्यस्त नायिका स्वरा भास्करले आफू बलिउड निर्देशकबाट शारीरिक शोषणमा परेको बताएकी छिन् ।

चलचित्र ‘प्रेम रतन धन पायो’मा नायक सलमान खानकी बहिनीको भूमिका निर्वाह गरेकी स्वरा अभिनयको सुरुवातका क्रममा एक निर्देशकले रक्सी पिएर राती रुममा बोलाएको खुलासा गरिन् ।

‘हामी ५८ दिनको लागि एउटा दुर्गम गाउँमा सुटिङ गर्दै थियौं । म चलचित्र उद्योगमा नयाँ थिए । मलाई निर्देशकले म्यासेज गरेर डिनरका लागि बोलाए ।’ स्वराले भनिन् ।

स्वराको भनाई अनुसार ति निर्देशक दिनभरि स्वराको पिछा गर्थे भने राती म्यासेज र फोन गर्थे । पटक-पटक चलचित्रको दृश्यको विषयमा कुरा गर्ने भनेपछि स्वरा गईन् । निर्देशक रक्सि पिएर बसिरहेका थिए । जो निर्देशकले उनलाई बोलाएका थिए । उनले पहिलो दिनदेखि नै प्रेम र सेक्सको वारेमा कुरा गरेका थिए ।

निर्देशकको हर्कतपछि स्वराले कार्यकारी निर्मातालाई यो कुरा सुनाइन् । तर, उनले स्वरालाई दुइवटा मात्र उपाय दिएका थिए । स्वरा संझदै भन्छिन्-‘उनले यति रुखो जवाफ दिए । उनले कि निर्देशकले भनेको मान्ने कि त फिल्मवाट अलग हुने भन्दै २ वटा बाटो मेरा लागि दिएका थिए ।’

बलिउड चलचित्र उद्योगमा अझै रुढीबादी संस्कार हाभी भएको भन्दै स्वरा भन्छिन्-‘यहाँ अझै पनि चलचित्रमा भूमिका दिएपछि कृपा गरेको भन्ठान्ने छन् भने पीडितले पनि आफू पीडामा परेको कुरा बोल्न चाहदैनन् ।’ सेक्स प्रस्ताव अस्विकार गरेकै कारण केही चलचित्रबाट निकालिएको समेत उनले बताइन् । साभार : अनलाईन खबर




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 NEXT

English News



644081 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top