स्वास्थ्य


रौतहटमा मच्छर खोज्दै स्वास्थ्यकर्मी

स्वास्थ्य 28 पटक पढिएको कलमपाटी प्रकाशित मिति:


रौतहटमा मच्छर खोज्दै स्वास्थ्यकर्मी

रौतहट २२ कात्तिक // जिल्ला जन स्वास्थ्य कार्यालय गौरको टोलीले डेंगु प्रभावित रौतहटको चन्द्रपुर नगरपालिकामा काम थालेको छ ।

चन्द्रपुर नगरपालिकाको वडा नं. १ मा बिगत केही दिन देखी ठुलो संख्यामा डेंगुका बिरामी फेला परेपछि  जिल्ला जन स्वास्थ्य कार्यालयको ध्यानार्कषण भएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय गौरका भ्याक्टर कन्ट्रोल निरिक्षक नन्देश्वर चौधरी सहितको टोली पौराईका बिभिन्न स्थानमा मच्छरको बच्चा खोज्ने काम थालेको छ । स्वास्थ्य चौकी पौराईका चार जना कर्मचारी महिला स्वास्थ्य स्वयमसेवीका सहितको टोलीले डेंगु प्रभावित गाँउमा गएर मच्छरका बच्चा खोजेर नष्ट गर्ने काम थालेको हो । 

हामिले चन्द्रपुर नगरको १ नम्बर वडाको बिभिन्न स्थानमा काम थालेका छौ्र, चौधरीले भने ।

डेंगु बाट बच्ने उपायका साथै लामखुटटेको बच्चा पार्ने ठाउको खोजीका स्वास्थ्य कर्मचारीहरु मंगलबार बिहानै बाट लागेको निरिक्षक चौधरीले बताए । मच्छरको टोकाईबाट हुने डेंगुको संक्रमणबाट बच्नका लागि जिल्ला जनस्वास्थ कार्यालयले पहल थालेको र सो स्थानमा सो रोग नियनत्रका लागि आफु सहितको टोलीले काम थालेको चौधरीले जानकारी दिए ।  





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 NEXT

English News



648921 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top