मनोरञ्जन


आत्महत्या गर्न चाहन्थिन् इलियाना

मनोरञ्जन 13 पटक पढिएको प्रकाशित मिति:


आत्महत्या गर्न चाहन्थिन् इलियाना

मुम्बाई : बलिउड अभिनेत्री इलियाना डिक्रुज कुनै समय डिप्रेशनबाट पीडित थिइन् । यही कारण उनले एक पटक आत्महत्या गर्ने पनि सोचेकी थिइन् । त्यतिबेला उनी डिस्मर्फिक डिसअर्डरको शिकार थिइन् ।

इलियानाले यो खुलासा भारतको नयाँ दिल्लीमा आयोजित २१ औँ विश्व मानसिक स्वास्थ्य सम्मेलनमा गरेकी हुन् ।

सम्मेलनमा इलियानाले आफ्नो अनुभव सेयर गर्दै भनिन्, ‘मे जहिले पनि सेल्फ कन्सियस व्यक्ति थिएँ । म हर समय आफूलाई कमजोर र दुःखी महसुस गर्थेँ । मलाई यो पनि थाहा थिएन म डिप्रेशनमा छु । जब यो कुरा मैले थाहा पाएँ, मैले जाने डिस्मर्फिक डिसअर्डरको शिकार रहेछु ।’

‘म जे गर्थे, म चाहन्थे सबैले त्यसलाई स्वीकार गरुन्,’ इलियानाले भनिन्, ‘तर, सँधै त्यस्तो हुँदैन थियो । एक समय मलाई आत्महत्या गर्ने पनि सोच आयो । म सबै कुरा खत्तम गर्न चाहन्थेँ । तर, बिस्तारै सबै कुरा बदलियो र मैले आफैलाई जस्तो छु त्यस्तै रुपमा स्वीकार गर्न थाले । रोगसँग लड्ने मैले आफै पहलकदमी लिएँ । जब मैले आफूलाई स्वीकार गर्न थाले, अहिले सबै कुरा ठीक भएको छ ।’

उनले डिप्रेशसनसँग लड्नका लागि पहिले आफूले कदम उठाउनुपर्ने पनि बताइन् । ‘यसलाई त्यतिकै छाड्न हुँदैन, अघि बढेर उपचार गर्नुपर्छ,’ इलियानाले भनिन्, ‘म चमत्कारिक ढंगले ठीक भएकी होइन । यसलाई केही समय लाग्छ । हरेक दिन थोरै सुधार हुन्छ । हामी सबै मानिस हौँ र हामी सबैमा कमी हुन्छ । हामी स्टारहरुलाई हेर्नुहोस्, तपाईंहरुलाई हामी कति सुन्दर लाग्छ होला । तर यति तयार हुन हामीलाई दुई घण्टा लाग्छ । आफूलाई माया गर्नुहोस्, तपाईं धेरै खुसी रहनुहुनेछ ।’ साभार रातोपाटी




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 NEXT

English News



644075 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top