मनोरञ्जन


‘अक्सर २’को बोल्ट सिनका कारण चर्चामा जरीन

मनोरञ्जन 16 पटक पढिएको प्रकाशित मिति:


‘अक्सर २’को बोल्ट सिनका कारण चर्चामा जरीन

अभिनेत्री जरीन खान अभिनित आउँदो चलचित्र ‘अक्सर २’को पहिलो ट्रेलर केही पहिले सार्वजनिक भएको थियो । बोल्ट अन्दाजका कारणले चिनिएकी खानको यो चलचित्रमा पनि धेरै बोल्ट सिन रहेको चर्चा छ ।

चलचित्रको दोस्रो ट्रेलर पनि अहिले सार्वजनिक गरिएको छ । ट्रेलरमा  चलचित्रको सस्पेन्स थ्रिलर बिषय खुलाइएको छ । बोल्ड सिन मार्फत दर्शकको मनमा राज गर्दै आएकी खान अहिले फेरी बोल्ड दृख्यका कारणले चर्चामा छिन् ।

खानका अलवा चलचित्रमा चर्चित टिभी अभिनेता गौतम रोडे, मोहित मदान, र अभिनव शुक्ला पनि मुख्य भुमिकामा छन् । खानले चलचित्रका लागि गौतम र मोहितसँग केही रोमान्टिक सिन दिएकी छन् ।

क्रिकेटर श्रीसंतको पनि अभिनय चलचित्रमा छ । श्रीसंतको यो डेब्यु चलचित्र हो । यस अगाडि श्रीसंतले पुजा भट्ट निर्देशित एक चलचित्र  अभिनय गरेका थिए । तर उक्त चलचित्र आर्थिक अभावले पुरा हुन सकेन । 

‘अक्सर २’ चलचित्र ‘अक्सर’को सिक्वलका रुपमा निर्माण भएको हो । यस अगाडिको चलचित्रमा इमरान हाशमी र उदिया गोस्वामीको मुख्य भुमिका रहेको थियो । दुबै सिक्वेलका निर्देशन अनन्त महादेवन रहेका छन् । साभार रातोपाटी




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 NEXT

English News



644073 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top