स्वास्थ्य


रौतहटको चन्द्रपुरमा डेंगु संक्रमणका बिमारीको संख्यामा वृद्धी

स्वास्थ्य 86 पटक पढिएको रौतहट २० कात्तिक प्रकाशित मिति:


रौतहटको चन्द्रपुरमा डेंगु संक्रमणका बिमारीको संख्यामा वृद्धी

रौतहटको चन्द्रपुर नगरपालिकामा डेंगु संक्रमणका बिमारीको संख्यामा वृद्धि भएको छ ।

नगरक्षेत्रमा रहेको फोहोरका कारण नगरपालिका क्षेत्रमा डेंगुका विमारीको संख्यामा वृद्धि भएको स्थानीय बासिन्दाले बताएका छन् ।चन्द्रपुर नगरपालिकाको वडा नं १ र ४ नम्बरमा डेंगु संक्रमितहरु फेला परेका छन् । १ नम्बर वडामा मात्र २५ जना भन्दा बढीलाई डेंगुको संक्रमण भएको र केही उपचार गराउदै गरेका र केही उपचार गराएर फर्किएको चन्द्रपुर नगरपालिका वडा नं १ का वडा अध्यक्ष बिरु रखालले जानकारी दिए । चन्द्रपुर नगरपालिका वडा नं ४ का रविन साहलाई समेत डेंगुको लक्षण देखा परेपछि उनको वीरगंजमा उपचार भइरहेको स्थानीय शम्भु भट्टराईले जानकारी दिए ।  चन्द्रपुर ४ कै बद्री अर्यालले डेंगुको उपचार गरेर फर्केको स्थानीयले जानकारी दिए ।

वडा नं १ को पौराई ,बागमती लगायतका स्थानमा डेंगुको संक्रमण भएका बिमारी फेला पर्न थालेपछि स्थानीय पटक पटक जिल्ला जनस्वास्थ्य कार्यालय गौरमा खबर गरेको भएपनि कुनै चासो नलिएको वडा अध्यक्ष रखालले बताए ।

 सो वडामा एकै घरका तीनजनालाई समेत सो रोग देखा परेको पाईएको छ । उक्त स्थानका रामबाबु चौधरी र उनकी श्रीमती र छोरामा डेंगुको संक्रमण देखा परेको र काठमाण्डौमा उपचार गरेर फर्केको उनले बताए । वडा नं १ कै मैया थापा र उनकी आमालाई समेत भाईरल ज्वरो आएको र उपचारका लागि काठमाडौं जादा डाक्टर डेंगुको संक्रमण भएको बताएका थिए । 

चन्द्रपुर नगरपालिकाको एक नम्बर वडाका हरेक घरमा एक देखी चारजना सम्म भाईरल ज्वरोका बिमारी रहेका कारण उनीहरुमा समेत डेंगुको संक्रमण भएको स्थानीयले आशंका गरेको स्थानीय बासिन्दा लक्ष्मण न्यौपानेले जानकारी दिए ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 NEXT

English News



648999 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top