logo
09 Dec 2018   |   
बिदेश

साउदी राजकुमारको हेलिकप्टर दुर्घटनामा मृत्यु



बिदेश   75 पटक पढिएको        
साउदी अरवको सरकारी टीभी च्यानलका अनुसार यमनको सीमा नजिकै एक हेलिकप्टर दुर्घटनामा एक राजकुमारसहित केही उच्च सरकारी अधिकारीको मृत्य भएको छ ।



राजकुमार मंसुर बिन मुकरिन असरी प्रान्तका डेपुटी गवर्नर थिए र साउदी अवरका पूर्व राजकुमार मुकरिन अल सउदका छोरा थिए । उनैलाई हटाएर अहिलेका राजा सलमानले गद्दी सम्हालिरहेका छन् ।

हेलिकप्टर दुर्घटनाको कारण अहिलेसम्म पत्ता लागेको छैन् ।

हेलिकप्टर दक्षिणी साउदी अरबमा आभा शहरनजिक दुर्घटना भएको हो । 

एक दिनअघि मात्र साउदी अरेबियाले यमनबाट प्रहार गरिएको मिसाइललाई रिहाद बिमानस्थल नजिक रोकेको बताएको थियो ।

दुर्घटनामा मारिएका राजकुमारमाथि भ्रष्टाचारको आरोप लगाइको थियो । उनी सहित अन्य ११ राजकुमार, मन्त्री र उद्योगपतिको वैंक खाता बन्द गरिएको छ र उनीहरुलाई भ्रष्ट्राचारको आरोपमा गिरफ्तार गरिएको थियो । 

दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको छ । साभार रातोपाटी












2084956 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top