logo
15 Nov 2018   |   
मनोरञ्जन

‘सेन्ट छरिएको लभ लेटर पनि आयो’



मनोरञ्जन   34 पटक पढिएको        
दक्षिण कोरियाको सोल शहरमा हाले आयोजित अन्तर्राष्ट्रिय मोडलिङ अवार्ड ‘ब्राइडल अवार्ड २०१७’ मा चौथो स्थान हासिल गर्ने नेपाली चेली हुन् सिम्रन खड्का । यो अवार्डमा उनले १९ देशका प्रतियोगी मोडललाई पछि पार्दै चौथो स्थानमा आएकी हुन् ।



उपाधिका साथमा ५० लाख कोरियान वन र मेडल समेत जित्न सफल उनी नेपालकै चर्चित सौन्दर्य प्रतियोगीता मोडल हन्ट नेपालको यसै बर्षकी फष्टरनर अफ बिजेता पनि हुन् । कोरियाको अवार्डमा उपाधी विजेता बनेपछि विभिन्न अवसरको ढोका खुलेको बताउने उनलाई नाम चलेका केही निर्माताले चलचित्र अभिनय अफर समेत दिएका छन् । अभिनयमा हाम फालिहाल्ने सोच आफ्नो अहिले नभएको उनले बताइन् । यी नै सिम्रनसँग यस्तो छ रातोपाटीको दश प्रश्न ।

अन्तर्राष्ट्रिय प्रतियोगीता जितेर फर्किनु भएको छ । प्रतिक्रिया कस्तो पाइरहनु भएको छ ?

– चारै तिरबाट तारिफ पाइरहेकी छु । आफूले कल्पना नगरेको उपलब्धी हात पर्दा उत्साहित पनि छु । अर्काे कुरो नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय कार्यक्रममा जान पाए यो नै मेरा लागि ठूलो गौरवको विषय हो । 

सौन्दर्यतिर कतिको रुचि छ ?

– सौन्दर्यमा विशेष ध्यान दिने गरेकी छैन । आफ्नो फेसमा जेजे सुट गर्छ, त्यो लगाउँने गरेकी छु । कुनै ब्राण्डका सामान फेसमा सुट गरेन भने त्यो  प्रयोग गर्दिन । सन्सस्क्रिन, फाउन्डेसन र लिपिस्टीक लगायत मेकअफ मैले कहिलै नछुटाउने मेकअप हुन् ।

फेसनबारे के भन्नुहुन्छ ?

– क्याजुअल ड्रेसमै हिँड्न रुचाउँछु । फेसनका हरेक पक्षसँग जानकार छु । फेसनका साइटहरु र ब्लगहरु फलो गर्छु । मलाई पाइन्ट, टिसर्ट, कुर्ता लगाउन सजिलो लाग्छ । टप्स र कुर्तामा पनि मलार्इं राम्रो देखिन्छ ।

फिट रहन के गर्नुहुन्छ ?

–मेरो खाने कुराको पनि सेडुल छ । बिहान ब्रेकफाष्ट हल्का लिन्छु । मध्यान्न १२ बजे तिर बिहानको खाना खान्छु । खानामा कहिले काही   ब्वाइल्ड चिकेन खान्छु । ३,४ बजेतिर हल्का खाजा र राती हल्का खान लिएर सुत्छु ।

कस्तो पुरुष मनपर्छ ? 

–हेर्दैमा लुक्स आकर्षक लाग्ने पुरुष जो केहीका लागि पनि राम्रो लाग्ने नै भयो । यसको अलवा केटीहरुलाई आदर गर्ने, मोडलिङमा सर्पोट गर्ने, पोजेटिभ सोच भएको पुरुष मेरो रोजाइमा पर्छ ।

प्रेम परेको छ कि छैन ?

– प्रेम छ पनि छैन पनि । यसको बारेमा अहिले नै भन्न मिल्दैन  । पछि राम्रै तवरले खुलासा गरौला ।

पहिलो प्रेम प्रस्ताव कस्ले दियो ?

–कक्षा ६मा पढ्दै गर्दा सँगै पढ्ने एक साथीले नजिक आएर प्रेमको अफर राखेका थिए । त्यसपछि ९ कक्षामा पढ्दै गर्दा सँगै पढ्ने केटाले एक लभ लेटर दिए । लभ लेटरमा बास्ना आयोस् भनेर सेन्ट छरेका थिए ।

मन परेको चलचित्र ?

– हलिउड फिल्म ‘होटेल फर डग’ मन परेको छ । जनावर तिर धेरै रुचि भएकोले पनि यो चलचित्र मन परेको हो ।

डेटको लागि उपयुक्त ठाउँ ?

– शान्त ठाउँ होस् । आफ्नो कुरा राम्रोसँग राख्न पाउने वातावरण होस् ।

खराब बानी छ कि ?

– चाँडो रिसाउने बानी छ । यो नै मेरो खराब बानी हो । मलाई पनि थाहा । घरमा मम्मीले पनि यही भन्नुहुन्छ । यो बानी सुधार्न खोज्छु, सक्दै सक्दिन ।












1859599 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top