खेलकुद


अभ्यास खेलमा नेपाली किशोर टिमको दोस्रो हार

खेलकुद 27 पटक पढिएको १९ कात्तिक, काठमाडौं प्रकाशित मिति:


 अभ्यास खेलमा नेपाली किशोर टिमको दोस्रो हार

एसिया कपको तयारीका क्रममा बंगलादेश भ्रमणमा रहेको नेपाली किशोर टिमले दोस्रो अभ्यास खेलमा पनि हार व्यहोरेको छ ।

शनिबार भएको दोस्रो अभ्यास खेलमा नेपाल, बंगलादेशसँग १२३ रनले पराजित भएको हो ।

घरेलु टोलीले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपाल ३६।५ ओभरमा १०४ रनमा अलआउट भयो । नेपालको सुरुदेखि नै सम्हालिन सकेन । ४ रन जोड्दा ओपनर सन्दिप सुनारलाई गुमाएको नेपालले थप १० रन जोड्दा दोस्रो विकेटका रुपमा आसिफ शेख आउट भए । नेपालले ६० रन जोड्दा महत्वपूर्ण ६ विकेट गुमाइसकेको थियो ।

पवन सर्राफ, रसिद खान र सन्दिप लामिछाने बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक नै जोड्न सकेनन् भने कप्तान दिपेन्द्र सिंह ऐरी शुन्यमै आउट भए । रसिदले २४, पवनले १६ र सन्दिपले १३ रन जोडे ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले ५० ओभरमा ८ विकेट गुमाएर २२७ रन बनायो ।

उसका लागि सैफ हसनले ६२ रन बनाए भने अफिफ हुसेनले ५९ रनको पारी खेले । कप्तान दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछानेले समान २-२ विकेट लिए ।





साभार : अनलाईन खबर




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 NEXT

English News



644047 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top