logo
21 Mar 2019   |   
अन्तर्वार्ता

जनताको कामलाई महान ठान्दछु :संसदका उम्मेदवार देव प्रसाद तिमल्सेना



अन्तर्वार्ता   161 पटक पढिएको        
२०४६ सालको जनआन्दोलन देखि नै सकृय राजनिती मा रहेका, नेविसघको राजनिती हुदै मुल पाटीमा आइ २०४८ सालमा डुमरीया गाउ सभापती हुदै क्षेत्रिय सभापती समेतको जिम्मेवारी सम्हालि सकेका, महाधिवेशन प्रतिनिधी समेत रहेका



४८ बर्षिय नेता देव प्रसाद तिमल्सेना रौतहटको ४ नम्वर क्षेत्र बाट आगामी मंसिर २१ गते हुने प्रतिनिधी सभाको सदस्यका लागी उम्मेदवार बनेका छन ।

२०७० सालको संबिधान सभाको निर्वाचनमा थोरै मतले पराजित उम्मेदवार तिमल्सेनाले यस पटक जनताको मायाले जित्नेमा बिश्वस्त छन । उनै उम्मेदवार देव प्रसाद तिमल्सेना संग कलमपाटीका प्रतिनिधीले गरेको कुराकानी 

 १, प्रतिनिधी सभाको सदस्यका लागी उम्मेदवार बन्नु भएको छ,तपाइको एजेण्डा के छ ?

बिकासमा अझै यो क्षेत्र पछाडी परेको छ, अझै धेरै बिकासका कामहरु गर्नुपर्ने अवस्था छ । चुनावमा नेताहरुले नजितुन्जेल सवै काम गर्छु भन्ने तर जिते पछि नमस्कार सम्म नगर्ने परीपाठी नेताहरुमा देखियो । यस्तो प्रबृतीको अन्त्यको लागी पनि मेरो उम्मेवारी हो । जनतालाइ सर्पोपरी ठानेर शिक्षा, स्वास्थ्य, खानेपानी, सडक , रोजगारी , कृषि क्षेत्रको बिकास लगाएतको सवै कार्यलाइ अगाडी बढाउने नै  मेरो मुख्य एजेण्डा रहेका छन ।

२,मतादाता संग के आग्रह गर्नु हुन्छ ?

एक पटक मौका दिनुहोस , पहिले म प्राबिधिक कारणले थोरै मतले पराजित भए तर पनि म विचलित नभइकन जनताको बिचमा मतदाताको दुखशुखमा नै रहेको सवै लाइ थाहा नै छ । जनताले मलाइ बिश्वास गरेका छन । मलाइ अत्याधिक मत दिएर जिताउने छन । म त्यो जनताले गरेको बिश्वास लाइ कुनै हालतमा घात गर्ने छैन । 

३, बाम गठबन्धन को चुनौती छ नी ?

आम मतदाताहरु लाइ गठबन्धनको चुनौती छैन, मलाइ माया गर्ने मतदाताहरुलाइ गठबन्धनले प्रभाव पार्दैन । म सामान्य गरीव, किसान परीवारबाट यहा सम्म आइपुगेको व्यक्ति हु मेरो बारेमा सवै लाइ खुलस्त थाहा छ । जनताको बिश्वास जितेको छु जस्तो लाग्छ । ४ नम्वर क्षेत्रका जनता मलाइ जिताउन उत्साहीत छन भन्नेमा पनि बिश्वस्त छु । त्यो गठबन्धन भनेको ठुला नेताहरु सुरक्षित हुनको लागी मात्रै बनाइएको हो जस्तो मलाइ लाग्छ ।

४, तपाइलाइ अलि गम्भिर नेता नभइ हलुका नेता भनेर टिप्पणी गर्छन नी ?

म जनताको काममा हलुका नै हुन्छु । मैले अघि नै भने नी जिते पछि नमस्कार नर्फकाउने नेता पनि छन यहा, तर म कस्तो नेता भनेर जनताले देखेका छन बुझेका छन । म सुखदुखमा सधै जनता सगै छु । जनताको काम गर्दा, बिकासको कामको लागी पहल गर्दा कोही कसैलाइ चित्न नबुझी टिप्पणी गर्नेहरु सग मेरो केही गुनासो छैन ।

  जनताको काम लाइ महान सम्झन्छु । सामाजीक हितको लागी मलाइ दिनरातको मतलव पनि छैन । म जनताको काम लाइ यो वा त्यो भनेर छुट्याउने पनि गर्दीन ।

५ , रौतहट ४ नम्वर क्षेत्र किन बिकासमा पछाडी छ ?

गम्भीर प्रश्न हो यो । यस बिषयमा मतदाताहरु लाइ भन्नु नै पर्ने हुन्छ । नेताहरु धेरैले जितेर गए तर निरन्तरता बाहेक धेरै बिकास हुन सकेन । 

यो क्षेत्रमा धेरै बिकास गर्न सकिने सम्भावनाहरु छ । शिक्षा लाइ प्राबिधिकीकरण गर्न सकिन्छ , पर्यटकिय सम्भावना उत्तिकै छ । रोजगारीको लागी बिभिन्न कार्यक्रम र उधोग स्थापनाको लागी पहल गर्न सकिन्छ,सिचाइको सुबिधा भएपनि कृषिमा आधुनिकीकरणको खाचो छ । सडक सुधार र नदी नियन्त्रणलाइ पनि जोड दिन आवश्यक देखिन्छ । हो यस्ता बिषय लाइ अगाडी बढाउनका लागी पनि म जनताको माझमा आएको छ । उहाहरुको सहयोगले मैले जितेर गएपछि यो क्षेत्रको समस्याहरु लाइ समाधान गर्नका लागी सधै सकृय हुने छु ।

६ ,अन्त्यमा, क्षेत्र ठुलो भएको छ, करीव एकलाख मतदाताहरु छन के भन्नु हुन्छ ?

मेरो आग्रह के छ भने म यही ठाउमा बसेर जनताको बिचमा नै काम गरीरहेको व्यक्ति हु । मलाइ जनताको काम नै प्यारो छ । एक पटक सेवागर्ने मौका दिन आग्रह गर्दछु । 

पांच बर्ष भित्र मैले प्रतिवद्धता गरेका कुराहरु पुरा गर्न सकिन भने म जीवनमा कहिले पनि जनता माझ मत माग्न आउदीन  यो पनि मेरो प्रतिबद्धता नै हो ।















2669631 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top