खेलकुद


नेपालको लगातार दोस्रो हार

खेलकुद 49 पटक पढिएको प्रकाशित मिति:


नेपालको लगातार दोस्रो हार

एएफसी यू–१९ च्याम्पियनसिप छनोट खेलमा नेपालले लगातार दोस्रो हारको सामना गरेको छ । किर्गिस्तानको डोलेन रंगशालामा बिहीबार बहराइनले नेपालमाथि ४–० को जित निकाल्दै समूह ‘ए’को विजेता बनेको छ ।

जितसँगै बहराइन एएएफसी यू–१९ च्याम्पिनयसिपमा छनोट भएको छ । यसअघि नेपाल पहिलो खेलमा किर्गिस्तानसँग ३–० ले पराजित भएको थियो । नेपाल अहिलेसम्म अंकविहीन छ ।

पहिलो हाफमा स्तरीय प्रदर्शन

नेपाली युवा टोलीले बहराइनविरुद्ध मध्यान्तरअघि स्तरीय खेल प्रदर्शन गरेको थियो । पहिलो हाफमा नेपाली युवा खेलाडीले आफूभन्दा शारीरिक रूपमा बलियो बहराइनलाई केवल एक गोल मात्र दिएको थियो । खेलको २०औँ मिनेटमा अल हसनले नेपालको कमजोर डिफेन्सको फाइदा उठाउँदै बहराइनलाई १–० को अग्रता दिलाए । नेपालको डिबक्स बाहिर हसनले उत्कृष्ट प्रदर्शन गर्दै गोलरक्षक अर्पणलाई मौका नै नदिई अग्रता गोल गर्न सफल भए ।

आक्रामक र लामो पास

बहराइनको मुख्य रणनीति नै लामो पास र आक्रामक खेल रह्यो । बहराइनका डिफेन्डरले नेपालका स्ट्राइकर र मिडफिल्डरलाई सहजै आफ्नो डिबक्ससम्म प्रवेश गर्न दिएका थिएनन् । बहराइनले नेपालमाथि लामो पास तथा आक्रामक खेल प्रस्तुत गर्दै खेलमा पकड बनाइराख्यो । बहराइनका खेलाडी आक्रामक तथा काउन्टरमा उत्रँदा नेपालका डिफेन्डरलाई हम्मेहम्मे परेको थियो । नेपालले प्राविधिक रूपमा बल नियन्त्रण राख्न कोसिस गरे पनि फिनिसिङमा गतिलो प्रदर्शन गर्न सकेन ।

कमजोर डिफेन्स

दोस्रो हाफमा बहराइनले तीन गोल नेपालको पोस्टमा छिरायो । बहराइनको तीनै गोल कमजोर डिफेन्स रणनीतिका कारण सम्भव भएको थियो । खेलको ६८औँ मिनेटमा अली हसनले नेपालका चार डिफेन्डरबीचै पहिलो बारमा गोल गर्दै बहराइनलाई २–० को अवस्थामा पु¥याए । मिडफिल्डरबाट प्राप्त बललाई असनले सहजै नेपालका डिफेन्डरलाई कटाउन सफल मात्र भएनन्, उनले गोलसमेत गरे । खेलको ८६औँ मिनेटमा बहराइन ३–० ले अघि रह्यो । यसपटक बहराइनका लागि इब्राहिमोकी मुवारकले गोल गरेका हुन् । उनले दोस्रो प्रयासमा गोल गरे । उनको पहिलो प्रयासलाई गोलरक्षक अर्पणले विफल पारे । खेलको अन्तिम इन्जुरी समयमा हुसैनले व्यक्तिगत दोस्रो गोल गर्दा बहराइन ४–० ले विजयी भयो ।

१० खेलाडीमा नेपाल

महत्वपूर्ण खेलमा कमजोर प्रदर्शन गरेको नेपाल खेलको अन्तिम समयमा १० खेलाडीमा सीमित भयो । डिफेन्डर दिनेशले रातो कार्ड पाएपछि नेपाल १० खेलाडीमा सीमित भएको हो । दिनेशले बहराइनका खेलाडीलाई पछाडिबाट सीधै ट्याकल गरेपछि रातो कार्ड पाए । अब नेपालले १८ कात्तिकमा युएईविरुद्ध तेस्रो खेल खेल्नेछ । २२ कात्तिकमा नेपालले ओमानको सामना गर्नेछ । नया पत्रिकाबाट






कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT

English News



680525 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top