logo
15 Nov 2018   |   
मनोरञ्जन

विज्ञापन खेल्न सन्नीले भन्दा दोब्बर मागिन् इशाले



मनोरञ्जन   76 पटक पढिएको        
इशा देवल बलिउडमा खासै नाम चलेकी अभिनेत्री होइनन् । उनको अभिनयमा पनि कुनै दम छैन ।



यद्यपि, बोल्ड फोटोहरु सार्वजनिक गरेर उनी बेलाबखत चर्चामा आउने गर्छिन् । हालै मात्र उनले आफ्नो इन्स्टाग्राममा केही फोटोहरु सेयर गरिन् । ती फोटोमा उनी टपलेस र न्यूड देखिएकी छिन् । नभन्दै ती फोटोले गर्दा कन्डम उत्पादन गर्ने एउटा कम्पनीको आँखा उनीमाथि पर्‍यो ।

उक्त कम्पनीमा पोर्न फिल्मबाट बलिउडमा आएकी अभिनेत्री सन्नी लियोनीले ब्रान्ड एम्बेसडरको रुपमा काम गर्दै आएकी थिइन् । तर, उनीसँगको अनुवन्ध तोडेर कम्पनीले इशालाई ब्रान्ड एम्बेसडर बनाउन खोज्यो र प्रस्ताव पनि राख्यो ।

तर, इशाको डिमान्ड सुनेपछि कम्पनी हच्कियो । स्रोतका अनुसार इशाले सन्नीले पाइरहेकोभन्दा दोब्बर पारिश्रमिक डिमान्ड गरेकी थिइन् । कम्पनीले उनको डिमान्ड स्वीकार गरेन । बरु सन्नीलाई नै निरन्तरता दिने निर्णय गर्‍यो ।

बलिउडका मुलधारका अभिनेत्रीहरु भने कन्डमको विज्ञापन खेल्न डराउँछन् । वर्षौं पहिले पुजा बेदीले कन्डमको विज्ञापन खेल्दा निकै आलोचना सहनु परेको थियो । तर, हालै मात्र विपाशा बसुले आफ्नो श्रीमानसँग खेलेको विज्ञापनको भने खासै चर्चा भएन ।     अनलाईन खबरबाट












1859478 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top