logo
16 Oct 2018   |   
खेलकुद

रियलसँग नयाँ करार गर्दिन'



खेलकुद   34 पटक पढिएको        
क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिडसँग सुधारिएको नयाँ करार नगर्ने बताएका छन् । च्याम्पियन्स लिगमा बुधबार भएको खेलमा टोटनहमसँग पराजित भएपछि प्रतिक्रिया दिँदै उनले सो कुरा बताएका हुन् ।



पेरिस सेन्ट जर्मेनमा जाँदा विश्वको सबैभन्दा महंगो खेलाडी बनेर नेयमारले आकर्षक करार गरेका छन् भने लियोनेल मेस्सीले पनि बार्सिलोनासँग नयाँ गर्न लागेको बेला रोनाल्डोले पनि दुई सुपरस्टारकै हाराहारीमा रकम कमाउने गरी नयाँ करार गर्ने रिपोर्टहरु सार्वजनिक भएको थियो ।

३–१ गोलले पराजित हुँदा रियलका लागि एक मात्र गोल गरेका रोनाल्डोले आफूले रियलको बोर्डलाई नयाँ करारका लागि दबाब दिएको भन्ने रिपोर्टहरु ‘वाहियात’ भएको संज्ञा दिए ।

‘म अहिले रियलमा राम्रो गरिरहेको छु । मेरो करारमा अझै चार वर्ष बाँकी रहेको छ । म यसलाई परिमार्जन गर्न चाहँदिन । म अहिले ठीक छु,’ खेलपछि उनले भने ।

साबिक विजेता रियल बुधबारको खेलमा ओझेलमा परेको थियो । रोनाल्डोले आफ्ना समकक्षीहरुलाई जीतको बाटोमा फर्कन आह्वान गरेका छन् ।

‘यो निकै दुःखद छ किनभने हामी हारिरहेका छौँ र हामी मात्र जित्नका लागि अभ्यस्त छौँ । यो खराब दौर हो,’ उनले भने ।

‘हामी यस्तो होस् भन्ने चाहँदैनौँ तर फुटबल बदलिन्छ । यो खराब दौर हो तर हामी यसलाई बदल्न चाहन्छौ र म विश्वस्त छु यो बदलिने छ,’ रोनाल्डोले भने, ‘हामीसँग बदलिन निकै कम समय छ तर हामी यो गर्न सक्छौँ ।’

६ गोलसँगै रोनाल्डो प्रतियागितामा हालसम्म सर्वाधिक रहेका छन् । तर, समूह एचमा दुई खेल बाँकी छँदा रियल टोटनहमभन्दा ३ अंकले पछि परेको छ ।





साभार : रातोपाटी












1778481 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top