खेलकुद


रियल मड्रिडमाथि शानदार जित हात पार्दै टोटनह्याम

खेलकुद 7 पटक पढिएको १६ कात्तिक, काठमाडौं प्रकाशित मिति:


 रियल मड्रिडमाथि शानदार जित हात पार्दै टोटनह्याम

साविकको विजेता रियल मड्रिडमाथि शानदार जित हात पार्दै टोटनह्याम च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा टोटनह्यामले रियल मड्रिडमाथि ३–१ गोल अन्तरको जित निकालेको छ ।

वेल्बलीमा भएको खेलमा टोटनह्यामले २७ औं मिनेटमा डेल अलीको गोलबाट अग्रता लिएको थियो । रियलले पहिलो हाफमा गोल फर्काउन सकेन ।

५६ औं मिनेटमा अलीले नै टोटनह्यामको अग्रता दोब्बर पारे । ९ मिनेटपछि एरिक्सनले गोल गर्दै ३–० को अग्रता दिलाए । खेलको ८० औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।

जितसँगै टोटनह्यामको ४ खेलबाट १० अंक भएको छ । रियलको ७ अंक छ । बोरुसिया डर्टमुन्ड र निकोसिआको समान २–२ अंक छ ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 NEXT

English News



644115 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top