logo
19 Nov 2018   |   
बिदेश

उत्तरप्रदेश विष्फोटमा मारिनेको संख्या २२ पुग्यो



बिदेश   73 पटक पढिएको   १६ कात्तिक, नयाँदिल्ली      
भारत उत्तरप्रदेशको रायबरेलीस्थित एक ‘पावर प्लान्ट’मा भएको विष्फोटमा परी मारिनेको संख्या २२ पुगेको छ ।



घटनामा ५७ जना घाइते छन् । उनीहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ ।

प्रत्यक्षदर्शी कर्मचारीहरुका अनुसार बोइलर प्लान्टको ट्युबमा भएको विष्फोटको समयमा करिब साढे पाँच सय जना काममा व्यस्त थिए । विष्फोटलगत्तै थप क्षति रोक्ने उद्देश्यले बाहिरका मानिसलाई प्रवेश दिइएन ।

विष्फोटपछि आधा घण्टासम्म उक्त इलाकामा बाक्लो धुँवा देखिएको थियो । मारिने र घाइते हुने अधिकांश करारका कर्मचारी छन् ।

घटनास्थलबाट उद्दारको काम सकिएको रायबरेलीका जिल्लाधिकारी सञ्जय खत्रीले जानकारी दिए । उनका अनुसार बोइलरको पाइप विष्फोट हुँदा ठूलो मात्रामा ग्यास बाहिर निस्किएको थियो । सोही कारण आगो लागेको हो ।




साभार : अनलाईन खबर












1899109 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top