logo
16 Nov 2018   |   
अर्थ / व्यापार

डिजेल, पेट्रोल, ग्यासको मूल्यवृद्वि फिर्ता



अर्थ / व्यापार   55 पटक पढिएको   कलमपाटी     
काठमाडौं १६ कात्तिक// नेपाल आयल निगमले बुवधार वृद्वि गरेको मूल्य फिर्ता लिएको छ। निगमको सञ्चालक समितिको बिहीबार बिहान बसेको बैठकले उक्त मूल्य वृद्वि फिर्ता लिएको हो।निगमका प्रवक्ता विरेन्द्र गोइतका अनुसार आपूर्ति मन्त्रालयबाट वृद्वि भएको मूल्य फिर्ता लिन सञ्चालक समितिलाई निर्देशन दिएपछि उक्त मूल्य फिर्ता भएको हो।



प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचनलाई मध्यनजर गरी तत्काललाई मूल्य वृद्वि नगर्न आपूर्ति मन्त्री जयन्त चन्दलाई निर्देशन दिएपछि मन्त्री चन्दले सञ्चालक समितिबाट मूल्य वृद्वि फिर्ता लिन लगाएका हुन्।

निगमले बुधाबार रातिदेखि लागू हुने गरी ग्यास प्रतिसिलिन्डिर १३५०, पेट्रोल प्रतिलितर एक सय र डिजेल र मटिटतेल ७५ रुपैयाँ ५० बनाएको थियो।

अब ग्यास १३२५, पेट्रोल ९८ रुपैयाँ र डिजेल र मट्टीतेल ७३ रुपैयाँ ५० पैसामा पाइने भएको छ।




साभार : अन्नपुर्ण












1872057 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top