खेलकुद


ह्याट्रिकसँगै कुरजावाले च्याम्पियन्स लिगमा बनाए नयाँ इतिहास

खेलकुद 12 पटक पढिएको प्रकाशित मिति:


ह्याट्रिकसँगै कुरजावाले च्याम्पियन्स लिगमा बनाए नयाँ इतिहास

फ्रान्स: लायभिन कुरजावाले एन्डरलेक्टविरुद्ध च्याम्पियन्स लिगको खेलमा एउटा नयाँ इतिहास कोरेका छन् ।

डिफेन्डेरले खेलको दोस्रो हाफमा तीन गोल गर्दा पेरिस सेन्ट जर्मेनले बेल्जियन च्याम्पियनविरुद्ध ५–० को शानदार जित हासिल गर्यो ।

योसँगै पेरिस सेन्ट जर्मेनले नकआउटमा आफ्नो स्थानमा सुरक्षित गरेको छ ।

कुरजावाले गरेको ह्याट्रिक पीएसजीका लागि युरोपियन प्रतियोगितामा पहिलो हो भने क्लबका लागि उनको करियरको पनि पहिलो ह्याट्रिक पनि हो ।

योसँगै कुरजावा आधुनिक च्याम्पियन्स लिगको इतिहासमा ह्याट्रिक गर्ने पहिलो डिफेन्डर पनि बनेका छन् ।

च्याम्पियन्स लिगमा पिएसजीका लागि यसअघि ज्लाटान इब्राहिमोविचले सन् २०१३ को अक्टुबरमा पहिलो ह्याट्रिक गरेका थिए । त्यतिबेला पनि प्रतिद्वन्द्वी एन्डरलेक्ट नै थियो ।

खेलमा अन्य गोल मार्को भेराटी र नेयमारले गरे ।

पिएसजीले यो सिजन समूह चरणमा कुनै गोल नखाई १७ गोल गर्न सफल पनि भएको छ ।

४ खेलपछि १२ अंकसहित पीएसजी समूह बीको शीर्ष स्थानमा रहेको छ ।

समूहको अन्य खेलमा दोस्रो स्थानमा रहेको बायर्न म्युनिखले सेल्टिकलाई उसैको घरेलु मैदानमा २–१ गोलअन्तरले पराजित गर्यो ।

किङ्ग्सले कोमानले बायर्नलाई पहिलो हाफमा अग्रता दिलाए पनि खेलको दोस्रो हाफमा क्यालम म्याकग्रेगरले खेल बराबरी गरेका थिए । तर, लगत्तै ह्याभी मार्टिनेजले गोल गर्दै बायर्नलाई जित दिलाए ।




साभार : रातोपाटी




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 NEXT

English News



644119 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top