logo
19 Nov 2018   |   
बिदेश

अमेरिकी पूर्वराष्ट्रपति बुसमाथि यौन दुव्र्यवहारको आरोप



बिदेश   101 पटक पढिएको   न्युयोर्क, १४ कात्तिक     
अमेरिकाका पूर्वराष्ट्रपति एचडब्लू बुस फेरि यौन दुव्र्यवहार आरोपमा फसेका छन् । अमान्डा नाम गरेकी महिलाले आफूलाई पूर्वराष्ट्रपति बुसले यौन दुव्र्यवहार गरेको आरोप लगाएकी हुन् ।



९३ वर्षीय बुसमाथि चौथोपटक यौन दुव्र्यवहारको आरोप लागेको हो । सन् २००६ को एक कार्यक्रममा बुसले भद्दा किसिमले शरीरमा हात राखेको अमान्डाले दाबी गरेकी छिन् । ११ वर्षपछि अमान्डाले घटना सार्वजनिक गरेकी हुन् ।

सन् २००६ मा चुनावी अभियान कार्यक्रममा सहभागी हुँदा बुस आफूसँगै नजिक बसेको अमान्डाले बताइन् । बुसले कम्मरभन्दा मुनिको भागमा हात राखेको अमान्डाले प्रहरीलाई दिएको रिपोर्टमा उल्लेख छ । ‘तत्काल पूर्वराष्ट्रपति बुस मसँगै बसेका थिए, उनले बिस्तारै मेरो कम्मरमुनिको भागमा भद्दा किसिमले हात राखे,’ अमान्डाको रिपोर्टमा उल्लेख छ ।

इता, बुसकी प्रवक्ता जिम म्याकग्राथले महिलाको आरोप झुटो भएको दाबी गरेकी छिन् । पछिल्लो समय बुसको हात काँप्ने गरेको म्याकग्राथले जानकारी दिएकी छिन् । कोही व्यक्ति नजिक आएर कुराकानी गर्दा बुसका हात काँप्ने र आफूलाई सम्हालिन उनै व्यक्ति शरीर सहायता लिने गरेको म्याकग्राथले स्पष्ट पारिन् । ‘वर्षौंदेखि पूर्वराष्ट्रपति बुस हात काँप्ने रोगबाट ग्रसित छन्, हात काँप्ने समयमा उनले नजिकै रहेको व्यक्तिको सहयोग लिने गरेको देख्छु,’ बुसको रोगसम्बन्धी थप जानकारी दिँदै म्याकग्राथले भनिन्, ‘सम्भवतः त्यसवेला पनि बुसले नजिक बसेकी महिला (अमान्डा)सँग कुराकानी गरेको हुनुपर्छ, त्यसवेला उनको हात पनि काँप्यो होला र उनले महिलालाई छुन पुगे ।’

विगत पाँच वर्षदेखि बुस ह्विलचेयरको सहयोगमा जीवन बिताइरहेका छन् । दोस्रो व्यक्तिको सहयोगविना बुस यताउति गर्न सक्दैनन् । सन् २०१४ मा नायिका हिथरले बुसमाथि यौन दुव्र्यवहार भएको दाबी गरेकी थिइन् । यसैगरी सन् २०१६ मा अभिनेत्री जार्डना ग्रोनिकले पनि यस्तै आरोप बुसमाथि लगाइन् । गत शुक्रबार अमेरिकी लेखिका क्रिस्टिना बेकरले पनि समाजिक सञ्जालमा पूर्वराष्ट्रपति बुसले आफूलाई यौन दुव्र्यवहार गरेको बताइन् ।




nayapatrika












1899063 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top