खेलकुद


आज नेपाल र किर्गिस्तान भिड्ने

खेलकुद 24 पटक पढिएको काठमाडौं १४ कात्तिक प्रकाशित मिति:


आज नेपाल र किर्गिस्तान भिड्ने

एएफसी यू-१९ छनोट च्याम्पियनसिपको पहिलो खेलमा नेपालले मंगलबार घरेलु टोली किर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली टोलीको मनोबल उच्च रहेकोले घरेलु टोलीसँग उत्कृष्ट खेल्ने दाबी टोलीका प्रशिक्षक छिरिङ लोप्साङले आइतबार किर्गिस्तान प्रस्थान गर्नुअघि नै बताएका थिए । उमेरसमूहमा उत्कृष्ट नतिजा निकालिरहेको नेपाली टोलीले एक महिनाअघि मात्र भुटानमा भएको यू(१८ साफ च्याम्पियनसिपको उपाधि जितेको थियो ।

छनोट च्याम्पियनसिपको समूह ‘ए’ मा नेपालसहित आयोजक किर्गिस्तान, बहराइन, यूएई र ओमन छन् । समूहको दोस्रो खेल नेपालले नोभेम्बर २ तारिखमा बहराइनसँग, तेस्रो खेल नोभेम्बर ४ तारिखमा यूएईसँग र अन्तिम खेल नोभेम्बर ८ तारिखमा ओमनसँग खेल्नेछ ।

छनोट च्याम्पियनसिपमा सहभागी एसियाली राष्ट्रलाई १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र उत्कृष्ट उपविजेताले सन् २०१८ मा आयोजना हुने एएफसी यू(१९ च्याम्पियनसिप खेल्न पाउने छन् ।




साभार : अन्नपुर्ण




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 NEXT

English News



644113 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top