logo
19 Nov 2018   |   
बिदेश

सोमालियाको राजधानीमा बम विष्फोट, १४ को मृत्यु



बिदेश   30 पटक पढिएको   १२ कात्तिक, मोगादिशु     
सोमालियाको राजधानी मोगादिशुमा दुई शक्तिशाली बम विष्फोट हुँदा १४ जनाको मृत्यु भएको छ । दुई हप्ता अघि पनि मोगादिशुमा विष्फोट हुँदा ३५० जनाको मृत्यु भएको थियो ।



शनिबार एक कार बम विष्फोट होटलको छेउँमा भयो र त्यसको ठीक २० मिनेटपछि पुरानो संसद भवन नजिकै मिनी बसभित्र विष्फोट भयो । दुबै विष्फोटको जिम्मा इस्लामिक चरमपन्थी संगठन अल–शबाबले लिएको छ । सोमालियाका अधिकारीहरुले दुई हप्ता अघिको विष्फोटमा पनि यही संगठनलाई जिम्मेवार ठह¥याएका थिए ।

यद्यपी अल कायदासँग सम्वन्धित यस समूहले १४ अक्टुबरको हमलामा आफ्नो हात नरहेको बताएको छ । तर शनिबारको हमलालाई लिएर अल शबाबले भनेको छ– सुरक्षाकर्मी र नेताहरुलाई निशाना बनाउन यो आक्रमण गरिएको हो । तर, सुरक्षा अधिकारी इब्राहिम मोहम्मदले १४ जनाको मृत्यु भएको र मारिनेहरु अधिकांश सर्वसाधारण नागरिक रहेको बताएका छन् ।

विष्फोटपछि सुरक्षा सतर्कता बढाइएको छ ।

मोगादिशुमा प्रान्तीय नेताहरु सरकारसँग मिलेर अल शबाबविरुद्ध रणनीति बनाउन एकजुट भएको बेला पछिल्लो धमाका भएको हो । प्रान्तीय नेताहरुसँग आइतबार बैठक बस्दैछ ।




साभार : अनलाईन खबर













1899105 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top