बिदेश


आइएसको नियन्त्रणबाट तेलखानी मुक्त

बिदेश 81 पटक पढिएको प्रकाशित मिति:


आइएसको नियन्त्रणबाट तेलखानी मुक्त

सिरियास्थित अमेरिका समर्थित फौजले उत्तरी प्रान्त देर आजेरमा रहेको एक महत्वपूर्ण तेलखानीलाई इस्लामिक स्टेट(आइएस) विद्रोहीको नियन्त्रणबाट फिर्ता लिएको छ ।

युफ्रेटिज नदीको पूर्वमा पर्ने देर अजोरमा रहेको अल ओमार तेलखानीबाट सिरियामा द्वन्द्व शुरु हुनु पहिले प्रतिदिन ३० हजार ब्यारेल तेल निकालिने गरेकोमा सन् २०१४ मा विद्रोहीले खानी आफ्नो नियन्त्रणमा लिएको थियो ।

आइएसले यसलाई आफ्ना गतिविधि सञ्चालन गर्ने प्रमुख आम्दानीको स्रोत बनाउँदै आएको थियो । सिरियाको सबभन्दा ठूलो मध्येको अल ओमार तेलखानीमाथि आफ्नो पूर्ण नियन्त्रण कायम भएको सिरियन डेमोक्रेटिक फोर्स (एसडीएफ) ले जनाएको छ । कुर्दिस तथा अरब लडाकुहरूको संयुक्त गठबन्धन एसडीएफका अनुसार कारबाहीका क्रममा उनीहरूतर्फ त्यति ठूलो क्षति भएको छैन । 

एसडीएफका लडाकुहरूले देर अजोरमा आइएस विद्रोहीविरुद्ध लामो समयदेखि सशक्त लडाइँ गरिरहेका छन् । एसडीएफले गत महिनो एउटा ठूलो ग्याँसखानी कब्जामा लिएका थिए । युफ्रेटिज नदीको पश्चिमपट्टि भने रूसी सेनाको सहयोगमा सिरियाली सरकारी सेना आइएसविरुद्ध युद्धरत छ ।

यसैगरी आइएसका लडाकुहरूले छाडेर गएका एक सय मृत शरीर सिरियाको सरकारी सैनिकले ल्याएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइटस्ले अल क्वार्यातायनमा मारिएका आइएस लडाकुका शव सरकारी सेनाले नियन्त्रणमा लिएको जनाएको छ । सेनाले नियन्त्रणमा लिएका अधिकांश शवहरूको पहिचान हुन नसकेको र उनीहरूको बारेमा खोजी कार्य भइरहेको जनाइएको छ । सिरियाको सेनाले अल क्वार्यातायन सहरलाई आइएस लडाकुबाट खोसेर शनिबार पुनः आफ्नो नियन्त्रणमा लिएको थियो । 




साभार : अन्नपुर्ण




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 NEXT

English News



644068 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top