अर्थ / व्यापार


तीन महिनामा २० लाख भन्दा बढी राजश्व संकलन

अर्थ / व्यापार 22 पटक पढिएको कलमपाटी प्रकाशित मिति:


तीन महिनामा २० लाख भन्दा बढी राजश्व संकलन

रौतहट ६ कार्तिक // रौतहट ट्राफिक प्रहरीले तीन महिनाको अवधीमा २० लाख भन्दा बढी राजश्व संकलन गरेको छ । रौतहटमा नियम बिपरित चलेका तीनहजार एकसय चार सवारी साधनलाई कार्यवाही गरेर यस आर्थिक बर्षको तीन महिनामा २० लाख नौ हजार पाँचसय राजश्व संकलन गरेको छ ।

गत साउन महिनामा एकहजार दुुईसय ३५ सवारी साधन लाई  कार्यवाही गरी सातलाख ८३ हजार रुपैया , भदौमा ६ सय ५ सवारी साधनलाई कार्यवाही गरेर चारलाख १४ हजार , असोजमा एकहजार दुुईसय ६४ सवारी साधनलाई कार्यवाही गरेर आठलाख १२ हजार पाँचसय गरी कुुल २०लाख नौहजार पाँचसय राजश्व संकलन भएको जिल्ला  ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरिक्षक राममणी उप्रेतीले जानकारी  दिएका छन ।

 तीन महिनाको अवधिमा जिल्लाभरीमा  १३ वटा  सवारी दुुर्घटनामा परेर पाँचजनाको मृत्युु हुुनुुका साथै २२ जना मानिस घाईते भएको जिल्ला टफिक प्रहरी कार्यालयले जनाएको छ ।






कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 NEXT

English News



648929 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top