logo
24 Jan 2019   |   
साहित्य

गरिवको बस्तिमा धुर्मुस सुन्तली भगवान बनेर उत्पती भए



साहित्य   57 पटक पढिएको   कलमपाटी     
रौतहट १८ असोज रौतहटको चन्द्रपुर नगरपालिकाको सन्तपुरमा नुमना बस्ति बनाएर घर दिने भएपछि दलित बस्तिका मानिसले धुर्मुस सुन्तली भगवान बनेर उत्पती भएको बताएका छन ।



रौतहटको चन्द्रपुर ८ सन्तपुरमा रहेको दलित बस्तिको बर्षौदेखि पुरानो र जीर्ण झुपडीमा बस्दै आएका ४५ घर दलित परीवारले माघ देखि सुबिधायुक्त घर मा बस्न पाउने भउका छन ।

सो निमार्णधिन बस्तिको असोज ४ गते   शिलान्यास गरीएको  थियो । अहिले बस्तिका पुराना र जीर्ण झुपडीहरु हटाउने काम भैरहेको छ ।

गरीव लाइ सहयोग गर्न र घर नै बनाइदिन आएका धुर्मुस सुन्तली मानिस नभएर भगवान नै भएको बस्तिका शैलेन्द्र माझी मुसहरले बताए । गाउका बासिन्दाले धुर्मुस सुन्तली भगवान बनेर बस्तिमा उत्पती भएको बताएका छन ।

सो दलित बस्तिमा करीव ५ करोड ७५ लाखको लगानीमा नमुना  बस्ती बनाउन लागिएको हो ।

जीर्ण झुपडीमा बस्दै आएका माझि मुसहर, दुसाद, लोहार र हजामका ४५ परीवारका लागी फाउन्डेशनले घर निमार्ण गर्न लागेको  अध्यक्ष तथा हास्य कलाकार सिताराम कट्टेल धुर्मुसले बताएका छन । 

नमुना बस्ति बनाउनका लागी जमिन, बाटो, लगाएत सवै पुर्वाधार भएकाले सन्तपुरको दलित बस्ति नै छनौट गरीएको धुर्मसले बताए ।

बस्तीमा सुरक्षित, आधुनिक, भुकम्प प्रतिरोधी, सरकारको मापदण्ड अनुसार २ तले ४ वटा कोठा  भएको घर र  शौचालय, धारा र बगैंचा, एक मन्दिर, सार्बजनिक धारा सामुदायिक भवन र पुरै बस्ती अवलोकन गर्ने भ्यु टावरको समेतको निर्माण हुने फाउण्डेशनका व्यवस्थापक अर्जुन न्यौपाने बताएका छन ।

सवैको साथ र सहयोग भएमा आउदो माघ २४ गते बस्ति समुदायलाइ हस्तान्तरण गर्ने गरी काम भैरहेको हांस्य कलाकार कुन्जना घिमिरे सुन्तलीले बताएकी छिन ।













2308899 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top