अर्थ / व्यापार


भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै

अर्थ / व्यापार 33 पटक पढिएको १७ असोज, काठमाडौं प्रकाशित मिति:


भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने भएका छन् ।

भारतीय कम्पनी सतलजको लगानीमा बन्न लागेको अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गर्न मोदी नेपाल आउन लागेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदीले संयुक्त रुपमा उक्त आयोजना शिलान्यास गर्ने कार्यक्रम छ ।

त्यसका लागि मोदी असोज अन्तिम साता वा कात्तिक पहिलो साता नेपाल आउने तयारी भइरहेको छ । मोदीको नेपाल भ्रमणको मिति टुंगो लगाउन परराष्ट्र मन्त्रालय गृहकार्यमा जुटेको छ ।

प्रधानमन्त्री देउवाका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराईका अनुसार मोदी तेस्रोपटक नेपाल आउने निश्चित भइसकेको छ । उनले भने, ‘अब प्राविधिक कुराहरु मिलाउन बाँकी छ ।’

मोदी प्रधानमन्त्री भएलगत्तै नेपाल आएका थिए । त्यसको तीन महिनापछि नेपालमा आयोजित सार्कको १८ औं शिखर सम्मेलनमा सहभागी हुन दोस्रोपटक मंसिर ०७१ मा काठमाडौं आएका थिए ।

अरुण तेस्रो करिब एक खर्ब १६ अर्ब लागतमा बनाइँदैछ । नौ सय मेगावाटको आयोजनाबाट नेपालले एक सय ९८ मेगावाट बिजुली निःशुल्क पाउनेछ । सन् २००८ मा सतलजले अरुण तेस्रो आयोजना निर्माणको जिम्मा पाएको थियो ।








साभार : अनलाईन खबर




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 NEXT

English News



648892 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top