logo
16 Nov 2018   |   
स्वास्थ्य

डा। केसीको अनसन स्थगित, असोज १९ बाट पुनः बस्ने



स्वास्थ्य   37 पटक पढिएको   काठमाण्डौ ११ असोज     
त्रिवि शिक्षण अस्पताल महारजगन्जका प्राध्यापक डा। गोविन्द केसीले आफ्नो १२ औं अनसन स्थगित गरेका छन्



संसदमा विचाराधिन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर जनतामुखी र विद्यार्थीमुखी नभई माफियामुखी ऐन जारी गर्ने अन्तिम प्रयास भइरहेको पुष्टी भएकाले डा। केसी असोज ९ गतेदेखि १२औं अनसनमा थिए।
पाँच बुँदे माग राखिएको सत्याग्रह कार्यक्रम सुरू भएको केही घण्टामा चिकित्सा शिक्षा ऐन पारित नगरी संसद स्थगित भएको र दशैं आएकाले हाललाई अनसन स्थगित गरेको डा। केसीले घोषणा गरेका हुन्।
अझै पनि माफियाहरुको स्वार्थमा चिकित्सा शिक्षा ऐन पारित गर्ने प्रयास भइरहेकाले त्यसो हुन नदिन, माथेमा प्रतिवेदन तथा हाम्रा सुझावहरु समेटेर सही रुपमा चिकित्सा शिक्षा ऐन पारित गराउन तथा हाम्रा अन्य माग पूरा गराउन फेरि यही असोज १९ गतेबाट सत्याग्रह कार्यक्रम शुरू गर्ने पनि उनले जानकारी दिएका छन् । साभार सेतोपाती 











1872217 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top