विचार


रौतहटको चन्द्रपुरमा एमाले हार्नुको अन्तरकथा

विचार 127 पटक पढिएको फणि महत प्रकाशित मिति:


   रौतहटको चन्द्रपुरमा एमाले हार्नुको अन्तरकथा

स्थानियतहको नतिजा सार्वजनिक भैरहदा धेरैको ध्यान रौतहटमा तानिएको छ । रौतहटको पनि चन्द्रपुर नगरपालिकामा एमालेले कसरी हार्यो भन्ने जिज्ञासा बढी छ ।

रौतहटमा एमालेले एकस्थानमा पनि जित्न नसक्ने अवस्था आएपछि एमालेका बरिष्ठ नेता माधव कुमार नेपालको गृह जिल्लामा के भएको हो ? भनेर जिज्ञासा राख्नेहरु धेरै छन ।

टिकट वितरण प्रकृया,मधेश आन्दोलनको प्रभाव र कार्यकर्ताहरुमा आएको विचलनको व्यवस्थापन र शिर्ष नेताहरुको कारण रौतहटको चन्द्रपुरमा एमालेले ठुलै क्षेती व्यहोरेको छ ।

चन्द्रपुरमा टिकट कै बिवादले मेयर पद  एमालेले गुमाएको छ । बैसाख ३१ कै चुनावका लागी मेयर पदमा आकाक्षा राखेकाहरुलाइ असोज २ गतेको चुनाव सम्म मिलाउन नसक्नु नै पार्टीका नेताहरुको ठुलो कमजोरी भएको कार्यकर्ताको बुझाइ छ । ७० सालको संबिधान सभाको चुनावमा एमालेले जितेको क्षेत्रमा त्यही कमजोरीको फाइदा उठाउदै काग्रेसले चन्द्रपुर नगरमा बाजी मारेको छ । 

 काग्रेसका उम्मेदवार रामचन्द्र चौधरीले ९ हजार ७ सय १४ मत ल्याएर जिते उपमेयरमा एमालेकी रामरती चौधरीले १० हजार ५ मत ल्याएर बिजयी भइन तर एमालेका मेयरका उम्मेदवार उद्धव रेग्मीले ८ हजार८ सय ३२ मत मात्र पाए ।

मेयरका टिकटका लागी नगर कमिटीले जिल्ला कमिटीलाइ उद्धव रेग्मी र बाबुराम दाहालको नाम सिफारीस गर्यो । जिल्ला कमिटीले बहुमतले निर्णय गरेर प्रदेश कमिटीलाइ दाहालको मात्रै एकल नाम सिफारीस गर्यो । त्यो नगर कमिटीले थाहा पाएपछि बर्दिबासमा प्रदेश कमिटीको बैठक चलिरहेको थियो रातारात नगर कमिटीले उद्धव रेग्मीको एकल नाम दियो  । त्यहा बाट एमालेको मेयर पदका उम्मेदवारका आकाक्षीहरुमा  चरमरुपमा पक्ष बिपक्ष शुरु भयो ।

दाहालको पक्षमा केन्द्रिय सदस्य कल्याणी खड्का उभिइन भने रेग्मीको पक्षमा पोलिटव्यरो सदस्य डा.बंशिधर मिश्र अडिए । बरिष्ठ नेता माधव नेपालका ती दुवै बिश्वासका पात्र  हुन ।  दुवैको कुरा नेता नेपालले सुने तर समयमा नै निर्णय दिन सकेनन । 

टिकट पाउनका लागी दाहाल नेपाल पक्षमा देखिए भने रेग्मी ओली पक्षमा देखिए । करीव ६ महिना लामो टिकटको विवादमा दुवै पक्षका नेता कार्यकर्ताहरुले १० पटक भन्दा बढी संभवत सवै शिर्ष नेताहरु लाइ काठमाण्डौमा भेटे । समस्या समाधानका लागी आग्रह गरे तर दुवै उम्मेदवारका आकाक्षीलाइ चुनावी तयारीमा लाग्न आश्वासन दिदै काठमाण्डौ बाट फर्काउने काम मात्र भयो ।

प्रदेश कमिटी सदस्य समेत रहेका रेग्मीले आफुले टिकट पाउनु पर्ने अडान राखेपछि सो विवाद स्थायी कमिटीमा पुग्यो स्थायी कमिटीले  तीन महिना सम्म चन्द्रपुरका दुइ मध्ये एक उम्मेदवारको टुगो लगाउन सकेन ।

 भदौ २१ गते मनोनयन दर्ता गर्ने अघिल्लो दिन दाहाललाइ प्रदेश संयोजक सत्यनरायण मण्डलले हस्ताक्षर गरेको पत्र दिइयो । जिल्ला पार्टी तथा केन्द्रिय प्रचार बिभागले भदौ २० गते गरेको पत्रकार संम्मेलनमा पनि दाहाल कै नाम आयो ।

पत्र र नाम आएपछि  दाहालले मनोनय दर्ता गर्नका लागी नगरका १० वटै वडाका सवै ५१ जना उम्मेदवार र  तीन हजार भन्दा बढी नेता कार्यकर्ताहरु जम्मा पारे । काठमाण्डौ मै रहेका रेग्मी २१ गते विहान प्रदेश संयोजक सत्यनारायण मण्डलले नै हस्ताक्षर गरेको पत्र र पार्टीको आधिकारीक उम्मेदवार भएको पत्र लिएर जिल्ला आइपुगे । पार्टीले चन्द्रनिगाहपुरमा रहेको निर्वाचन कार्यालयमा ४ बजे सवै उम्मेदवारले उकै पटक उम्मेदवारी दर्तागर्ने समय मिलायो तर रेग्मीले  केही समर्थक सहित मोटरसाइकलमा गएर बिहान ११ बजे नै मेयर पदमा मनोनय दर्ता गरीदिए ।

दिउसो करीव ४ बजे दाहाल जुलुस सहित बाजागाजा लिएर अविरजात्रा गर्दै मनोनयन दर्ता गर्न जादा पार्टीको आधिकारीक उम्मेदवारले दर्ता गरीसकेको निर्वाचन कार्यालयले जानकारी दियो अविर पुछेर दाहाल फर्किए ।  पार्टीले आफु माथी ठुलो अन्याय गरेको र अपमान गरेको दाहालले महसुस गरे उन्को समर्थकहरुमा निरासा आयो । यो पनि एउटा हारको कारण बन्न पुग्यो ।

रेग्मीले टिकट ल्याएपछि पार्टी सम्पर्कमा गएनन । चन्द्रपुर नगरभित्र एमालेको जिल्ला इन्चार्ज, जिल्ला सचिव लगाएत १८ जना जिल्ला कमिटी सदस्य छन उनीहरुले जानकारी नै नपाएको गुनासो गरे । रेग्मी पार्टी सम्पर्कमा नै गएनन टिकट ल्याउनु नै ठुलो काम भएको उन्लाइ  पर्यो ।

 जिल्ला कमिटीलाइ बार्यस गर्न खोजेको कतिपय सदस्यहरुले महसुस गरे चुनावमा सदस्यहरु संग छलफल नै नगरेको भन्दै उनीहरु सकृय भएर चुनावमा लागेनन त्यो पनि हारको कारण बन्न पुग्यो ।

मनोनय दर्ता पछि विवाद मिलाउनका लागी केन्द्रिय सदस्य कल्याणी खड्काले छलफल पनि राखिन रेग्मी संग असन्तुुष्ट बनेका नेताहरु मिले तर कार्यकर्ताहरु सम्म मिलेको कुरा पुग्न सकेन छलफलमा  रेग्मीले आफुले गल्ति गरेको महसुस गर्दै चुनावमा होमिन सवैलाइ आग्रह गरे तर त्यो आग्रह ढिलो भएको  कार्यकर्ताले बुझे । 

रेग्मी उम्मेदवार बनेको बिषय जिल्ला कमिटीले आधिकारीक रुपमा बिज्ञप्ती नै निकालेर रेग्मी उम्मेदवार हो की होइन भनेर केन्द्रमा सोध्ने अवस्था आयो । यता अपमानित महसुस गरेका दाहाललाइ सम्झाउने प्रयास दुवैतर्फका नेताहरुबाट भएन उन्ले पत्रकार सम्मेलन नै गरेर आफु अन्यायमा परेको  र अपमानीत भएको गुनासो गरे । 

नगर कमिटीको आयोजनामा  भदौ ३० गते चन्द्रपुरमा पार्टी अध्यक्ष केपी ओली आए । चुनावी सभाको प्रमुख अतिथी पार्टी अध्यक्ष हुने कार्यक्रम जिल्लालाइ जानकारी नहुने भन्दै चन्द्रपुरमा रहेका धेरै जिल्ला कमिटी सदस्यहरुले असन्तुष्टि पोखे । 

२१ गते मनोनयन दर्ता सगै चुनावी अभियानमा निस्केका रेग्मी ले टोलटोलमा पुग्न भ्याएनन र गुनासा र समस्याहरु समाधान गर्ने समय पनि पाएनन यो पनि मेयरका उम्मेदवार रेग्मी लाइ प्रतिकुल बन्यो । नगर कमिटीले चुनावी अभियान संचालन गर्नका लागी प्रभावकारी रुपमा छलफल समेत चाउन सकेन । 

टिकट कै विषयमा लामो समय एमाले अल्झिरहदा माओवादी केन्द्रले निरास बनेका कार्यकर्ताहरु माझ खेल्ने मौका पायो र धेरै मत लैजान माओवदी सफल पनि भयो । एमाले कै जिम्मेवार व्यक्तिहरुले माओवादी र काग्रेसका उम्मेदवारलाइ सहयोग गरेको आरोप पनि रेग्मी पक्षले लगाउन थालेको छ ।

चुवान प्रचारमा एकमत भएर लाग्नु पर्ने नेता कार्यकर्ताहरु मा वोलचाल र भेटघाट समेत बन्द भयो । युवाहरुलाइ परीचालन गर्न नेतृत्व चुक्यो । निर्वाचन परीचालन कमिटी बन्न सकेन । प्रचारप्रसार लाइ आधुनिक तरीकाबाट लैजाने प्रयासहरु समेत भएन । 

चन्द्रपुरमा एमालेको हारपछि  केन्द्रिय सदस्य कल्याणी खड्का र संसद रामकुमार भट्टराई प्रति रेग्मी पक्षका कार्यकर्ताहरुले असन्तुष्टि पोख्न थालेका छन ।  तर उनीहरुले टिकट वितरण प्रकृयाकै कारण कार्यकर्ताहरुमा विचलन आएको र त्यकै कारण चुनावमा सोचे जस्तो परीणाम नआएको तर्क गर्न थालेका छन । दाहाल पक्षका कार्यकर्ता भने पोलिटव्युरो सदस्य डा. बंशिधर मिश्र संग असन्तुष्टी पोखिरहेका छन । उनीहरुको बुझाइमा डा. मिश्रकै कारण टिकट विवाद लम्बिएको भन्ने परेको छ । बरिष्ठ नेता नेपाल निर्वाचनको अवधिमा दशौं पटक जिल्लामा आएपनि विवाद मिलाउने तर्फ कुनै पहल नगरेको भन्दै नेता कार्यकर्ताहरुले गुनासो समेत सार्वजनिकरुपमा व्यक्त गर्न थालेका छन ।

सांगठनिक रुपमा बलियो रहेको चन्द्रपुर नगरपालिकामा प्रदेशले टिकट दिंदा देखाएको गाइजात्राले सिंगो जिल्लाको परिणामलाई प्रभाव पारेको बिश्लेषण पनि गर्न थालिएको छ ।  ६ महिनासम्म दुबै आंकाक्षीलाई मिलाउन नसक्नु र गुटको आधारमा टिकट दिने  मनसाय राखेका कारण एमालेको विवाद चुनावमा छताछुल्ल भएको पनि देखिन्छ ।

जिल्लामाएक तह पनि नआउनु मा जिल्ला कमिटी पनि जिम्मेवार रहेको बताइन्छ । १८ स्थानीय तह मध्ये प्राय सबै तहमा जिल्ला कमिटिका सदस्य आफैं मेयर, नभए आफ्नो श्रीमतीलाई उपमेयर उम्मेदवार बनाउन लागी परे । 

अधिकांस जिल्ला कमिटि सदस्यहरु आफनो तहमा मात्र सिमीत भएकाले जिल्लामा निर्वाचन परिचालन हुन सकेन । 

जिल्लामा रहेका नेताहरु नगरमा पनि नेतृत्व गर्ने भन्दै धेरै स्थानमा कार्यकर्ताहरुमा असन्तुष्टी आयो । मधेश आन्दोलनको ठुलो प्रभाव रहेको रौतहटमा एमालेलाई हराउन अन्य शक्तिले अघोषितरुपमा नै  एकता गरेको एमालेका नेताहरुको आकलन छ । 

मतदाता सम्म नै पुगेको चन्द्रपुर र जिल्लामा नै देखिएको यो विवादलाई समयमा नै व्यवस्थापन गर्न नसके यो समस्या आउदो प्रदेश र संसदको निर्वाचनमा एमालेलाइ ठुलो चुनौतीको रुपमा थपिने देखिन्छ । 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 NEXT

English News



648934 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top