logo
14 Dec 2018   |   
मनोरञ्जन

सेलेनाले गरिन् ‘मृगौला प्रत्यारोपण’



मनोरञ्जन   104 पटक पढिएको        
आफ्नो नयाँ म्यूजिक भिडियो बजारमा सार्वजनिक हुँदा पनि प्रमोशनमा नहिडेपछि विश्व चर्चित गायिका तथा नायिका सेलेना गोमेजको चर्चा मिडियामा भैरहेको थियो ।



सेलेना आखिर, किन बाहिर निस्किएकी छैनन् भन्ने चर्चा मिडियामा चल्यो । अन्ततः सेलेना आफैले यसको जवाफ सामाजिक संजालबाट दिएकी छिन् ।

२५ बर्षकी सुन्दरीलाइ ‘लुपुस’ नामक रोग लागेको थियो । जसकाकारण, उनले आफ्नो एउटा मृगौला नै प्रत्यारोपण गर्नुपर्‍यो । उनलाइ टेलिभिजनकी कलाकार फ्रान्सिया राइसाले एउटा मृगौला दिएकी छिन् ।

समर महिनामा उनी आराम गरिरहेकी थिइन् । सेलेनाले सामाजिक संजालबाट आफूलाइ ‘लुपुस’ नामक रोग लागेको र मृगौला प्रत्यारोपण गरेको जानकारी दिएकी छिन् । अहिले आफू विस्तारै ठिक भैरहेको उनले जनाएकी छिन् ।

सेलेनाले आफ्नो स्वास्थ्यका लागि यो उपचार आवश्यक रहेको समेत बताएकी छिन् । साथमा, उनले फ्रान्सियाले आफूलाइ ‘जीवनकै अन्तिम गिफ्ट’ दिएको भन्दै धन्यवाद समेत दिएकी छिन् ।




साभार : अनलाईन खबर












2134216 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top