प्रबिधी


फेसबुकले ल्याउँदैछ साथी खोज्ने नयाँ फिचर

प्रबिधी 20 पटक पढिएको प्रकाशित मिति:


फेसबुकले ल्याउँदैछ साथी खोज्ने नयाँ फिचर

सोसल नेटवर्किङ साइट फेसबुकले एक नयाँ फिचर ल्याउँदैछ, जसबाट तपाइँले आफ्ना साथीको साथीसँग पनि मित्रता गर्न सक्नुहुनेछ ।

टेकक्रन्चको एक रिपोर्ट अनुसार यस फिचरले फेसबुक प्रयोगकर्ताहरुलाई गेट [ट नो प्रm]ण्ड नामक बटन उपलब्ध गराउनेछ । उक्त बटनमा थिचिसकेपछि प्रयोगकर्ताका लागि फेसबुक साथी बन्न सक्ने अनेक सम्भावित व्यक्तिहरुको सूचि प्राप्त हुनेछ । यसमा केवल सम्भावित साथीहरुको सूचि मात्र होइन की दुबैजनालाई मनपर्ने कार्यक्रम, दुबैजनाले लाइक गरेका पेजहरु, बस्ने ठाउँ, काम गर्ने ठाउँ जस्ता जानकारी पनि प्राप्त हुनेछन् ।

फेसबुकले एक अर्को फिचरको पनि परीक्षण गरिरहेको छ, जसले मेसेन्जर एपसँग काम गर्नेछ । यसले प्रयोगकर्तालाई एकअर्कासँग भेट गर्नका लागि समय तय गर्न अह्राउनेछ ।

यो वर्षको सुरुवातमा फेसबुकले डिस्कभर पिपल नामक फिचर पनि सुरु गरेको थियो । जसले प्रयोगकर्तालाई ग्रुप तथा इभेन्ट्सको माध्यमबाट नयाँ साथी बनाउनमा सहयोग गर्दछ । 



साभार : अनलाईन खबर




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 NEXT

English News



644098 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top